कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बाजुरा दुर्घटनामा ज्यान गुमाएका पाइलट पनि भोजपुरकै …

भोजपुर : बाजुराको कोल्टीमा दुर्घटनाग्रस्त नेपाली सेनाको विमानका चालक कैलास गुरुङ भोजपुरको छिनामखुका भएको खुलेको छ। केही दिनअघि लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनामा मृत्यु भएका पाइलट पारसकुमार राई समेत भोजपुरकै हुन्। एक हप्ताभित्रमै भएका दुई विमान दुर्घटनामा भोजपुरले दुई पाइलट गुमाएको हो

मंगलबार दुर्घटनाग्रस्त भएको सेनाको विमानका पाइलट भोजपुरको छिनामखुका हुन भने शनिबार लुक्लामा भएको गोमा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट पारस भोजपुरको साङपाङका हुन्।

लुक्ला दुर्घटनामा पाइलट पारस र कलंकी निवासी को-पाइलट सृजन मानन्धरले ज्यान गुमाएका थिए। मंगलबार दुर्घटनाग्रस्त सेनाको विमानमा सवार एक प्राविधिक र अर्का पाइलट घाइते छन्।

दुवै घाइतेलाई बाजुराबाट थप उपचारका लागि सीता एयरको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको छ।अन्नपूर्ण पोष्टबाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार