कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मतदाता शिक्षाको कमीले बढी मत बदर….

हेटौँडा: स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा मकवानपुरमा धेरै मत बदर भएको पाइएको छ ।

मतदाता शिक्षाका लागि निर्वाचन आयोगले खटाएका प्रतिनिधिले प्रभावकारी ढङ्गबाट जानकारी नगराउँदा बदर मत बढेको पाइएको हो । मतदाताको घरदैलोमा पुगेर शिक्षा दिनुपर्ने स्वयम्सेविकाले पोष्टर टाँस्ने काम मात्रै गरेको मतदाताको भनाइ छ।

 

यसले गर्दा धेरैले मतदान गर्ने तरिका र बदर हुने अवस्थाबारे जानकारी नभएको हेटौँडा-४ का बाबुलाल पाठकले बताउनुभयो। गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुखको मतपत्र एउटा र वडाको मतपत्र अर्को बनाएको भए बदर मत घट्ने शिक्षक भरत सापकोटाको भनाइ छ।

६२ हजार ८० मत खसेको हेटौँडा उपमहानगरपालिकामा प्रमुखमा सात हजार ५८२ र उपप्रमुखमा ११ हजार ९९५ मत बदर भएको छ।वडा तहमा पनि ४० प्रतिशतसम्म मत बदर भएको पाइएको छ । गठबन्धनका कारण पनि अधिकांश मत बदर भएको मतदाताले बताएकाछन्।

मकवानपुरमा आवश्यक भन्दा बढी चिन्हमा मतदान, गठबन्धनको दुबै लाइनमा मतदान, खाली मत, घेराभन्दा बाहिर मतदान गर्ने जस्ता कारणले बढी मत बदर भएको सहायक निर्वाचन अधिकृत अनन्त मरासिनी बताउनुहुन्छ। विगतमा भन्दा ल्याप्चे मत भने कम भएको छ।

पहिलो चरणमा भएको निर्वाचनको मत बदरबाट पाठ सिकेर निर्वाचन आयोगले आगामी निर्वाचनमा प्रमुख, उपप्रमुखका लागि एउटा मतपत्र र वडासदस्यका लागि अर्को मतपत्र बनाए केही हदसम्म बदर मत घट्ने देखिन्छ।

यसका साथै मतदाता शिक्षालाई पनि प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नुपर्ने देखिन्छ। निर्वाचन आयोगका साथै राजनीतिक दलले पनि मतदाता शिक्षामा सक्रियता देखाएर बदर मत घटाउनेतर्फ ध्यान दिनु जरुरी भएको सम्बद्ध व्यक्तिको भनाइ छ। रासस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent