काठमाडौं, १८ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले भरतपुरको मतगणनाको माग गरेर कायम राखेको संसद अबरोधको कार्यक्रम यथावत रहेन जनाएको छ ।
संसदको आजको बैठक पनि अबरोध गर्ने कार्यक्रम रहेको एमालेका मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिए । ‘संसद खोल्ने विषयमा अहिलेसम्म परामर्श गरेको जानकारी आएको छैन’, उनले भने, ‘भरतपुरको मतगणना सुरु नहुँदासम्म सदनको अबरोध कायम रहन्छ ।’
संसदको बैठक दिउँसो एक बजे बस्दैछ । यसअघि बुधबार पनि एमालेले संसद बैठक अबरोध गरेको थियो ।
एमालेले भरतपुरमा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि अबरोध भएको मतगणना छिटो सुरु हुनुपर्ने माग राखेर सदन अबरोध गरेको हो ।
उता, एमालेले चितवनमा बन्दको आह्वान गरेको छ । बन्दका कारण चितवन भएर चल्ने सवारी आवागमन प्रभावित भएको छ ।दैनिक नेपाल