कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

भरतपुर लफडा नसकिँदै ललितपुर महानगरको पनि विवाद ब्युंतियो, अदालत पुगे एमालेका मेयर उम्मेदवार…

काठमाडौँ, १८ जेठ । भरतपुर महानगरपालिकाको लफडा नसकिँदै ललितपुर महानगरपालिकाको पनि मतगणनाको विवाद व्युंतिएको छ । ललितपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका हरिकृष्ण व्यञ्जनकार आफूलाई बदनियतपूर्वक हराइएको भन्दै अदालत गएका छन् । व्यञ्जनकारले उच्च अदालत पाटनमा फिरादपत्र दर्ता गराएका छन्

भरतपुर महानगरपालिकाको मत गणनाा रोकिएर निर्वाचनको अन्तिम मत परिणामका सन्दर्भमा देशैभरको ध्यान त्यसतर्फ गईरहँदा ललितपुर महानगरपालिकाको मत परिणामको विषयमा परेको उजुरीले अझ ध्यान तानेको छ । मत गणनााकै समयमा दिइएका पटक पटकका निवेदनहरुको सुनुवाई नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेको विषयमा रुजुसम्म गर्न नदिएको र आफ्ना गणना प्रतिनिधिहरुलाई मुचुल्कामा हस्ताक्षर समेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको लगायतका विषय किटानी गरी बुधबार मुद्धा दायर गरेको व्यञ्जनकारले दैनिक नेपाललाई बताए ।

महानगरको वडा नं १,२,४,९ र २६ को गणनामा विवाद भएको र आफनो सहमति बेगर आयोगक कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको व्यञ्जनकारको दावी छ । आफ्ना गणना प्रतिनिधिहरुलाई उद्धृत गर्दै व्यञ्जनकारले आफ्नो ४१५ मत बढी भएर विजयी हुनुपर्नेमा निर्वाचन आयोगले धाँधली गरेर ३२६ मत कम गराएर हराइएको समेत निवेदनमा उल्लेख गरेका छन् । व्यञ्जनकारको उक्त मुद्धाको शुक्रबार पेशी तोकिएको छ ।

यसअघि व्यन्जनकारले पनि पुनः मतगणनाका लागि निर्वाचन आयोगमा उजुरी दिएका थिए । तर, आयोगले अस्वीकार गर्दै मतगणना गर्नु नपर्ने भनेको थियो । काँग्रेसबाट मेयरमा विजयी चिरीबाबु महर्जनले काम सुरु गरिसकेका छन् ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent