कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

देउवालाई बाटो खुल्यो, राष्ट्रपतिद्वारा बहुमतीय सरकारका लागि आह्वान…

काठमाडौं, जेठ १८– राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा सरकार गठन गर्नका लागि आह्वान गरेकी छिन् ।

बिहिबार राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

यसअघि राष्ट्रपतिले सहमतीय आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको एक साताको समयसीमा गएराती सकिएको थियो ।

भण्डारीले ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको चयन गर्न आह्वान गरेपनि कुनै सहमति हुन सकेको थिएन ।

अब बहुमतीय प्रक्रिया सुरु भएसँगै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्ने छ भने प्रधानमन्त्रीको दौडमा कांग्रेस सभापति शेरबहादुर देउवा देखिएका छन् ।रातोपाटी बाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार