कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रधानमन्त्री निर्वाचनः कार्यव्यबस्था परामर्श समितिमा कुरा मिलेन, शीर्ष नेताको बैठक बस्दै…

काठमाडौँ, १९ जेठ । संसदको कार्यब्यवस्था परामर्श समितिको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको निर्वाचन अगाडि बढाउने विषयमा कुरा नमिलेपछि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

नयाँ बानेश्वरमा भने समितिको बैठकमा सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेर अगाडि बढन गरेको प्रस्तावलाई एमालेले अस्वीकार गरेको हो । भरतपुर घटनाको विषयलाई लिएर आफूहरुले संसद अबरुद्ध भएको भन्दै एमालेले भरतपुर घटनाको समाधान पहिले हुनुपर्ने अडान राखेको छ । भरतपुर घटना समाधान नभएसम्म प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बैठकपछि एमाले नेता राजेन्द्र पाण्डेले संचारकर्मीहरुलाई जानकारी दिए ।

समितिको बैठकमा कुरा नमिलेपछि दिउँसो ३ बजे प्रमुख दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा बोलाइएको छ ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार