कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लगातारको संसद अवरोधले प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम अन्यौलमा…

 

काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेको संसद अवरोधका कारण प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम अन्यौलमा परेको छ । संसदको अवरोधले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई पठाउनु भएको पत्र संसदमा पेश हुन नसकेपछि प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम अन्यौलमा परेको हो ।


प्रधानमन्त्रीको निर्वाचन कार्यतालिकाबारे छलफल गर्न व्यबस्थापिका संसदको कार्यव्यबस्था परामर्श समितिको बैठक जारी छ । वानेश्वर स्थित संसद भवनमा जारी बैठकको परामर्शका आधारमा सभामुख घर्तीले नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया अघि बढाउनुहुनेछ ।

प्रधानमन्त्री चयनका लागि भोलि निर्वाचन प्रक्रिया शुरु गर्न सभामुख घर्तीले बैठकमा प्रस्ताव गर्ने तयारी गर्नुभएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण संसद बैठक चल्न नसकेपछि प्रधानमन्त्री चयनमा अन्यौल देखिएको हो ।

सभामुख घर्तीले भोल उम्मेदवारी मनोनयन देखि अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रिया पुरा गर्ने र २१ गते निर्वाचन गर्ने गरी प्रस्ताव लैजाने तयारी गर्नुभएको छ ।

भरतपुरमा स्थगित मतगणनाका लागि सत्तारूढ दललाई दबाब दिन प्रमुख प्रतिपक्षी एमालेले बिहीबार लगातार दोस्रो दिन पनि संसद् अवरुद्ध गरेको थियो । संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।न्युज 24 बाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार