कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

भरतपुरमा पुन मतदान गर्ने निर्वाचन अायोगको निर्णय…

काठमाडाैं । निर्वाचन आयोगले चितवनको भरतपुर महानरगरपालिको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ । आयोगको शनिबार बसेको बैठकले मतपत्र च्यातिएको घटनाबारे मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवन र आयोगबाट खटिएको अनुगमन टोलीको प्रतिवेदनका आधारमा आयोगले पुन: मतदान गर्ने निर्णय गरेको हो ।


मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले च्यातिएका मतपत्रको संख्यासमेत यकिन गरेर पठाएपछि आयोग पुन: मतगणना गर्ने निष्कर्षमा पुगेको हो । गठबन्धन बनाएर चुनाव लडेका कांग्रेस र माओवादी केन्द्रले पुन: मतदानको माग गरेका थिए भने एमाले मतगणनालाई निरन्तरता दिनुपर्ने अडानमा थियो ।पुर्बेली न्युजबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |