कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

आइतबार शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नसक्ने, यस्तो छ कारण…

काठमाडौं । व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले प्रधानमन्त्रीको लागि उम्मेद्वारी नदिने भएपछि प्रधानमन्त्री पदमा उम्मेद्वारी दिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नसक्ने भएका छन् ।


भरतपुर महानगरपालिकाको मतगणना सुचारु गराउन माग राखेर लगातार संसद बैठक अवरुद्ध गर्दै आएको एमाले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागी नहुने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १० गते राजिनामा दिएपछि अब बन्ने नयाँ प्रधानमन्त्री चयनका लागि शनिवारबाट निर्वाचन प्रक्रिया शुरु भएको छ । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने प्रक्रिया शुरु भइ देउवाले उम्मेद्वारी दर्ता गराएपछि बसेको एमाले स्थायी समिति बैठकले आफ्नो पार्टीबाट प्रधानमन्त्रीमा उम्मेदवार नदिने र देउवालाई पनि समर्थन नगर्ने निर्णय गरेको हो ।

संसद सचिवालयले जारी गरेको सूचनामा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सूचनामा आइतबार बिहान ११ बजे प्रधानमन्त्रीको निर्वाचनका लागि समय तय गरिएको छ ।

आइतबार सभामुखले प्रधानमन्त्री निर्वाचन कार्यक्रम सुरु भएको घोषणा गर्नासाथ संसदमा एमालेले अवरोध गर्ने संकेत देखिएको छ ।

‘संसदबाट चुनिनुपर्ने प्रधानमन्त्री बाहिरै सूचना टाँसेजस्तै गरी बाहिरैबाट प्रधानमन्त्री घोषणा गरे मात्रै हो, नयाँबानेश्वरको संसद भवनबाट भोलि शेरबहादुर देउवा प्रधानमन्त्री बन्न गाह्रै छ’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुन लागेको हो । काँग्रेस–माओवादी पूर्वसहमतिअनुसार सत्ता गठबन्धनकातर्फबाट काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा उम्मेदवारी दिइसकेका छन् ।

देउवाको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल तथा लोकतान्त्रिक फोरम, समाजवादी जनता पार्टी, नेपाल अखण्ड पार्टी र नेकपा संयुक्तले समर्थन जनाएका छन् ।

संसदलाई छलेर सूचनाद्वारा प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाइएको भन्दै एमालेले आपत्ति जनाएको छ ।News24Nepal.TV

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |