कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

भरतपुरमा काँग्रेस र माओवादीको आकस्मिक बैठक, रेणुलाई जिताउन यस्तो बन्यो रणनीति…

भरतपुर, २१ जेठ । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि चुनाव हुनेपछि चितवनमा काँग्रेस र माओवादी केन्द्रको संयुक्त बैठकले नयाँ रणनीति बनाएको छ ।

आइतबार बसेको संयुक्त बैठकले १९ नम्बर वडामा हुने मतदानमा वडाअध्यक्षसहित सबै पदमा माओवादी केन्द्रले काँग्रेसको पूरै प्यानललाई समर्थन गर्ने भएको छ । यसैगरी, काँग्रेसले आफ्ना सम्पूर्ण मत मेयरकी साझा उम्मेदवार रेणु दाहाललाई हाल्ने समझदारी भएको छ ।

दुई दलको संयुक्त बैठकले यसअघिको सहमतिअनुरुप प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाललाई र उपप्रमुखमा काँग्रेसकी पार्वती शाहलाई दुवै दलले सर्वाधिक मतदान गरी विजयी गराउने सहमति भएको माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले बताए ।

१९ नम्बर वडामा काँग्रेसका तर्फबाट अध्यक्षमा कर्णबहादुर गुरुङ र माओवादी केन्द्रका तर्फबाट खड्कबहादुर गुरुङ उम्मेदवार रहेका छन् ।

काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार बैठकले आयोगको निर्णयको स्वागत गर्दै यथाशीघ्र निर्वाचनको मिति तय गर्न माग गरेको छ ।

गत आइतबार राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसँगै मतगणना स्थगन भएको थियो । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ‘ख’ बमोजिक मतगणनास्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको भन्दै सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको छ ।

आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनःमतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । भरतपुर महानगरमा २९ वटा वडा छन् । तीमध्ये वडा नं १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । यससहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ ।

दुई वटा वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहेका छन् । वडा नं १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । सो वडामा काँग्रेसका अध्यक्ष र सदस्यले अग्रता कायम गरेका थिए ।

मतदाता भड्किएकाले अब हुने निर्वाचनमा यस्तै परिणाम आउँछ भन्न सक्ने अबस्था देखिएको छैन् ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |