कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

देउवा प्रधानमन्त्री नबन्दै आरजुलाई कामिनीको कमिसन! अनियमितताले यसरी डुब्दैछ टेलिकम…

काठमाडौं । ए बाबा चाकरीको पनि हद हुन्छ । २०५१ सालमा एमालेको नौ महिने सरकार बनेपछि एउटा अन्तर्वार्तामा तत्कालीन प्रज्ञा प्रतिष्ठानका उपकुलपति मदनमणि दिक्षितले भनेका थिए “म मनमोहन अधिकारीसँग एक रातसँगै सुतेको छु” । उनी नेपाली कांग्रेसको सरकार भएको समयमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सिफारिसमा नियुक्ति भएका कारण तपाईलाई हटाउदैनन् भन्ने प्रश्नको जवाफमा साहित्यकार दिक्षितले यसो भनेका थिए

त्यसैगरी नेपाली कांगे्रसका सभापति शेर बहादुर देउवा नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बन्ने निश्चित भएपछि नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले आफु डा. आरजु राणासँग भारतमा अध्ययन गर्दाकी साथी भएको र पटक पटक कमिसन रकम पु¥याएको भन्दै कुनै हालतमा पनि निरन्तरता पाउने आफु निकटका बरिष्ठ अधिकारीलाई बताउने गरेकी छन् । सत्ता परिवर्तन पश्चात नेपाली कांग्रेसको भागमा सञ्चार मन्त्रालय पर्ने निश्चित भएपछि उनको यूटर्न भएको हो ।

राइट म्यान इन अ राइट प्यालेसको विरुद्धमा कामिनी

राजभण्डारीले वायरलेस सम्बन्धी विज्ञ मोवाइल सर्भिस निर्देशनालयका अशोक थापालाई ट्रान्समिसन लाइनको प्रमुख बनाएर पठाइदिएकी छन् । थापाले आफ्नो जागिरको अधिकांस समय वायरलेस सेवामै बिताएका थिए । राजभण्डारीले मोवाइल सेवाबारे जान्दै नजानेका भैरहवाका कनिष्ट कर्मचारी सिद्ध प्रसाद भारतीलाई सरुवा गरेर ….भन्दा देख्नेलाई लाज बनाएकी छन् । भारतीले हालसम्म पनि त्यो विभाग सम्हालेका छैनन् । त्यसैले उनी खुशीसाथ त्यो विभाग जान चाहदैनन् । त्यसो त सबैभन्दा बरिष्ठ अरुण पुरीलाई विराटनगर सरुवा गरेकी छन् । त्यसैगरी आफु अनुकुल काम नगर्ने सिनियरहरु सरुवा गरेर रिजर्वपुलमा राखिदिएकी छन् । रोइकराई गरी सिद्ध प्रसाद स्वमले मलाई जानकारी नभएको ठाउँमा जान्न भन्दै छन् । तरपनि प्रवन्ध निर्देशक राजभण्डारी सुन्न तयार छैनन् ।

बिरगंजमा सरुवा गरिएका प्रमोद प्रभार र मोवाइल सर्भिस निर्देशनालयबबाट हटाइएका अशोक थापाले राजभण्डारीसँग भनाभन नै गरेका थिए । आफुले सरुवा गरेका सबै डाइरेक्टरहरु नजाने अवस्था बुझेपछि राजभण्डारीले आ–आफ्नो स्थानमा गएर दुई दिन भित्रै हाजिर भई काम गर्न कडा आदेश गरेकी छन् । भारतीले आफु कामिनीको जालमा नफस्ने भन्दै जान नमानेको उनी निकट सुत्रले बतायो ।

राजभण्डारीले कुनैपनि हालतमा सस्था चलाउन नसक्ने देखपछि अहिले दूरसंचार उपकरण सप्लायरहरु हुवावे र जेटिइले पनि आगामी दिनमा प्रवन्ध निर्देशक बन्ने सम्भावना रहेका वरिष्ठ अफिसरहरुको चाकरी गर्न सुरु गरेका छन् । प्रबन्ध निर्देशक राजभण्डारीले योग्यता र कार्यकुशलताका आधारमा हैन एसम्यान र जस्ले अख्तियारमा मिलाउँछु भन्छ उसैलाई नै जिम्मेवारी दिएर नेपाल टेलिकममा ध्वस्त बनाउने प्रपञ्चमा राजभण्डारी लागेपछि सबै सिनियर अफिसरहरु छक्क परेका छन् । राजभण्डारीको एकल निर्णयले सबै विज्ञ र उच्च पदस्त कर्मचारीहरुलाई किनारा लगाइदिएपछि अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमान कार्कीका मतियाराका रुपमा रहेका प्रदिप ठाकुर र उनका अघोषित सल्लाहकार र कमिसन पार्टनरहरु अनुपरञ्जन भट्टराई, कृष्ण घिमिरे र राजेन्द्र नकर्मी बाहेक अन्य कोहि नभएको टेलिकम स्रोतले बतायो । ती अघोषित सल्लाहकारहरुको प्रत्येक दिन बसुन्धराको निवासमा गरिने ब्रेकफाष्ट मिटिङबाट नै के के काम गर्ने र कति कमिसन असूल्ने निक्र्यौल गर्ने गरेका छन् ।

राजभण्डारी एकातिर सबै डिएमडी अर्कातिर

नेपाल टेलिकम ध्वस्त बनाएर एनसेलसँग अप्रत्यक्ष रुपमा साँठगाँठ गर्न लागेपछि सबे बरिष्ठ अधिकारीलगायतका डिएमडीहरु संस्था बचाउने पक्षमा लागेका छन् । हालसम्म पनि सार्वजनिक खरिद ऐनलाई धोती लगाएर आफुखशी टेलिकमको बिनियममा टेकेर गरिएको भ्रष्टाचारले कुनैपनि बेला अख्तियारको हिरासतमा पुग्नुपर्ने अवस्था सिर्जना भएकाले अहिले सबै डिएमडीहरु सुरक्षित अवतरणका लागि संस्था बचाउँ अभियानमा लागेका हुन् ।

कंसाकारको पथमा राजभण्डारी

पटक पटक नेपाल टेलिकमको महाप्रवन्धक बनेका सुगतरत्न कंसाकारले कमिसन खानकै लागि एक पटक ७ अर्व रुपैयाका दूरसञ्चार उपकरणहरु डम्पिङ गराएर गुणस्तरमा र संस्थालाई ठूलो नोक्सानी पु¥याएपछि सबै कर्मचारी युनियनहरु उनलाई कुनै हालतमा महाप्रवन्धक बनाउन नहुने भनेर एकमत भएका थिए । सुगतले सात अर्वको त्यो सामन एजेन्सी व्यापारी रामलाल श्रेष्ठका छोरा दिनेशलाल मार्फत कमिसन खाएर डम्पिङ गराएका थिए । सुगत राजा ज्ञानेन्द्रका प्रमुख सचिव पशुपतिभक्त महर्जनलाई नजराना चढाएर पहिलो पटक महाप्रवन्धक बने । त्यसपछि लोकतन्त्रपश्चात नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुलाई कमिसन रकम दिएर दोस्रो पटक महाप्रवन्धक बने । त्यसपछि उनी अन्तरिम सरकारका सबै मन्त्रीहरुलाई कमिसन रकम दिएरै बसमा पारे । यसरी नेपाल टेलिकमको सबैभन्दा ठूलो डन र चलखेल गर्नसक्ने व्यक्तिका रुपमा कहलिए । मन्त्री र उनका आसेपासेहरु चीन र यूरोप भ्रमण देखि सिंगापुरमा खाता खोल्न समेत सुगतले पठाए ।

माफियाहरुको कुरा राम्ररी बुझेका पर्यटनमन्त्री खड्क बहादुर विश्वकर्मा प्रकाण्डले मन्त्रीपरिषद्मै लगेर कमिसनखोर सुगतलाई असक्षम भन्दै नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षबाट हटाइदिए । त्यसपछि पर्यटन मन्त्री कृपासुर शेर्पालाई ७ करोड बुझाउने शर्तमा नेपाल एयरलाइन्सको महाप्रवन्धक बनेका सुगतले बोइङ कम्पनीले भन्दा बढि एयरबसले बढि कमिसन दिनेभएपछि उतै नजिक बनेर संस्था डुबाउने खेलमा सामेल छन् । एक जना एमालेका नेताका अनुसार सुगतले ७ करोड रुपैया दिने भनिकन नेपाल पर्वतारोहण संघका अध्यक्ष तथा पर्यटन व्यवसायि आङछिरिङ शेर्पालाई मध्यस्तता गरिदिन अनुरोध गरे । तर जब महाप्रवन्धक बने उनले उक्त सात करोड रुपैया बालकोटमा अध्यक्ष केपी ओलीलाई पुर्याए र मन्त्रीलाई केपीबाटै रकम प्राप्त गरेको जानकारी दिन लगाएको कुरा एमालेका नेतादेखि कार्यकर्तासम्म फैलियो ।

अहिले सबै युनियनहरु मिलेर टेलिकम बचाउने कि यसरी नै छाडा छोड्ने कर्मचारीहरु अन्यौलमा छन् । धेरै कर्मचारीहरु गाई मात्रै दुहुनुपर्ने मार्न नहुनेमा एकमत भइसकेको एक जना युनियन नेताले नाम नबताउने शर्तमा बताए । हेरौ कर्मचारी युनियनमा कामिनी राजभण्डारीलाई पनि सुगतलाई जसरी भित्रै पस्न नदिने दिन कहिले आउने हो ? अन्यथा सरकारको ५१ प्रतिशत शेयर रहेको सस्था डुब्ने निश्चित भइसकेको छ । – डायरी एक्सप्रेसबाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent