कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सर्वोच्च अदालतबाट बिदा भइन् प्रधानन्यायाधीश कार्की…

काठमाडौं : प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बिदा हुनुभएको छ । मंगलबार बिहान सवा एघार बजे उहाँ आफ्ना सहकर्मीहरूसँग बिदा लिएर सर्वोच्च परिसरबाट बाहिरिनु भयो ।


सर्वोच्च अदालतको बहुचर्चित प्रधानन्यायाधीशका रूपमा काम गर्नु भएकी कार्कीले बिदा हुने बेला सहकर्मीहरू पुष्पगुच्छा, खादा र कुनै प्रकारको उपहार नलिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ । उहाँको कार्यकाल बुधबार(जेठ २४ गते) सकिँदै थियो ।

नयाँ प्रधानन्यायाधीशको चयनमा ढिलाइ भएकाले हाललाई कार्कीको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुली स्वतः कामु प्रधानन्यायाधीश बन्नेछन् ।अन्नपुर्ण पोष्टबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार