काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथ लिएसँगै सानो आकारको मन्त्रीपरिषद गठनको तयारी गर्नेछन् । जसको पहिलो चरणमा उनले उपप्रधानसहित तीन मन्त्री पठाउने भएका छन् । आज नै गठन गर्ने तयारी गरिएको मन्त्रिपरिषद् सात सदस्यीय हुने काँग्रेस निकट उच्च स्रातको भनाई छ ।
जसमा पूर्व उपसभापति गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री सहित रक्षा मन्त्रालयको जिम्मा दिने तयारी गरिएको देउवा निकट स्रोतको भनाई छ । त्यस्तै ज्ञानेन्द्रबहादुर कार्कीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय दिने तयारी गरिएको छ ।
काँग्रेसका तर्फबाट हुने अर्का संभावित मन्त्री रामचन्द्र पौडेल समूहबाट हुने भनिए पनि पौडेल समुहले देउवाले सरकार
निर्माणमा एकलौटी गरेको भन्दै सपथ ग्रहण कार्यक्रम बहिष्कार गर्ने बताएसँगै आज नाम पठाउने नपठाउने बारेमा केही बाहिर आइनसकेको पौडेल निकट स्रोतको दाबी छ ।