कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समवेदनशील अंगमा लुकाएको पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ…

बुटवल, जेठ २५ । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ ।


नेपालबाट भारतीय बजारमा पुर्‍याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेकजाँच गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो ।

सीमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शङ्का लागेर खोजतलास गर्दा समवेदनशील अङ्गमा लुकाएको अवस्थामा अफिम फेला पारेको हो । पक्राउ पर्नेमा दाङ घोराहीकी २७ वर्षीया विषमाया बुढामगर, दाङ लालमटियाकी २१ वर्षीया सकुन्तला बुढामगर र सोही ठाउँकै १९ वर्षीया कामना पुनमगर रहेका छन् ।

दाङमा स्नातक तहमा अध्ययन गर्दै गरेका युवतीले अपरिचित व्यक्तिको फोनको इसारामा रु १५ हजार दिने सर्तमा बुटवलबाट सुनौलीसम्म अफिम पुर्‍याउने जिम्मा लिएको उनीहरुले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

बरामद गरेको अफिमको अन्तर्राष्ट्रिय मूल्य करिब रु दुई करोड ५० लाख पर्ने इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रवीन विष्टले जानकारी दिए । (रासस)

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent