साउदी अरबमा नेपाली कामदारको तलबबाट सय रियल घट्ने !

लन्डन, ३० जेठ । वैदेशिक रोजगारीमा साउदी अरब गएका नेपाली कामदारको आम्दानी घट्‍ने भएको छ । देशको अर्थतन्त्र धरासयी हुने अवस्था साउदीले आप्रवासी कामदारसँग मासिक सय रियाल उठाउन लागेको हो ।

विश्‍व बजारमा लामो समयदेखि तेलको मूल्‍यमा गिरावट आउँदा साउदीको अर्थतन्त्र खस्किदै गएको छ ।

अर्थतन्त्र सुधारका लागि साउदीले आउँदो महिनादेखि नयाँ नीति लागू गर्न लागेको हो । साउदीको यो निर्णयले सात लाखभन्‍दा बढी नेपाली कामदारलाई प्रत्यक्ष असर पार्नेछ। नेपाली कामदारका लागि अहिले साउदी अरब दोस्रो गन्तव्‍य मुलुक हो ।

वार्षिक एक लाखको हाराहारीमा नेपाली रोगजारीका लागि साउदी जाने गरेका छन् । उनीहरुले सामान्‍य मासिक ८ सयदेखि २ हजार रियालसम्म पारिश्रमिक पाउने गरेका छन् ।

गल्फ न्‍यूजका अनुसार आगामी महिनादेखि लागू हुसने नियम वार्षिक रुपमा परिवर्तन हुँदै २०२० सम्‍ममा मासिक ४ सय पुर्‍याउने सरकारको लक्ष्‍य रहेको छ । योसँगै साउदीमा रहेका नेपालीले त्‍यहाँ रहेका आफन्तको समेत लेबी वापत मासिक सय रियाल तिर्नु पर्ने देखिएको छ । – एजेन्सी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार