राजपाको बन्दले तराईको जनजीवन प्रभावित : कतै तोडफोड कतै आगजनी…

 

काठमाडौ्रं। संविधान संशोधन नगरी चुनाव गर्ने सरकारको निर्णयको विरोधमा राष्ट्रिय जनता पार्टी (राजपा)ंले गरेको अमहडतालले तराईको जनजीवन प्रभावित भएको छ । मंगलबार बिहानै देखि चोकचोमा लाठी र झन्डासहित उत्रिएका राजपाका कार्यकर्ताले सवारीसाधन तोडफोड गरेका छन् । उद्योगपसल, कलकारखान, शैक्षिक संस्था र बजार पसल पूर्णरुपमा बन्द छन्। राजापाका कार्यकर्ताले प्रेस, कूटनीतिक नियोग, मानवअधिकार, दूध, पानी, एम्बुलेन्स लगायतका सवारी साधनलाई भने अवरोध गरेका छैनन् ।


राजापाका कार्यकर्ताले मधेस विरोध भएको भन्दै महोत्तरीमा एमालेका सांसदको गाडी फुटाएका छन् । क्षेत्र नम्बर ५ का नेकपा एमालेका सांसद दिपनारायण साह सवार गाडीमाथि राजपा नेपालका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।

मंगलबार बिहान महोत्तरीको औरही गाउँपालिका १ मा एमालेका सांसद साह सवार गाडी तोडफोड भएको हो । त्यसैगरी नेपालगञ्जमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले चुनावी प्रचार प्रसारमा प्रयोग गरेका गाडीमा तोडफोड भएको छ । राजपाका कार्यकर्ताले नेपालगञ्ज उपमहानगरापलिकाका मेयर उम्मेदवार सुरेशकुमार कनौडीयाको गाडी तोडफोड गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार