डुब्यो भिबोर सोसाईटी बैंक, निक्षेपकर्ता सडकमा…

काठमाडौं, ३० जेठ । ६ वर्षअघि वीरगञ्ज फाईनान्स र हिमचुली विकास बैंक जोडिएर एच एण्ड बी बैंक मर्ज भई कारोबार गरेको भिबोर सोसाइटी बैंक डुबेको छ ।

उक्त बैंकले २०५९ मंसिर महिनामा सर्बसाधारणहरुले जम्मा गरेको १ अर्व पाँच करोड रुपैयाँ हिनामिना गरेपछि एच एण्ड बी बैंक विवादमा तानिएको थियो । आफूले जम्मा गरेको रकम झिक्न जाँदा नपाएपछि मात्र निक्षेपकर्ताले एच एण्ड बी बैंकले पैसा खाएको कुरा बुझे ।

एच एण्ड बी बैंक कुलेश्वर शाखा प्रमुख निरज नेपाल उक्त काण्डको सजायस्वरुप अहिले नख्खु जेलमा छन् । सर्बसाधारणले जम्मा गरेको १ अर्व पाँच करोड अपचलन गरेको काण्डमा उनी नौ वर्षका लागि जेलमा परेका हुन ।

उक्त काण्डपछि राष्ट्र बैंकले संचालक समितिलाई कारवाही गरी नयाँ समिति बनाएको थियो । त्यसपछि बैंकले आफ्नो नाम परिवर्तन गरी सोसाईटी विकास बैंकको नामबाट कारोबार शुरु गरेको
थियो ।

हाल उक्त सोसाईटी विकास बैंक र भिबोर विकास बैंक मर्ज भई भिबोर सोसाईटी विकास बैंकको नाममा कारोबार गरिरहेको छ ।

संघसंस्था व्यक्तिको रकममध्ये ६० प्रतिशत भुक्तानी गरेको छ । बाँकी ४० प्रतिशत दिन नमानेपछि पीडितहरु आन्दोलनमा उत्रिनुपरेको छ । आन्दोलनको क्रममा पत्रकार सम्मेलन, बैंक घेराऊ र नारावाजी गर्दै आईरहेका छन् ।

पीडितहरुको बाँकी रकम भुक्तानी नहुन्जेलसम्म आन्दोलन जारी रहने र थप आन्दोलनका कार्यक्रमहरु जारी गर्ने पीडित संघका संयोजक ज्ञानेन्द्र केसीले बताए । पुनरावेदन अदालत पाटनले पीडितहरुको बाँकी रकममा १० प्रतिशत ब्याँज थप गरी भुक्तानी गर्न आदेश जारी गरिसकेको अवस्थामा पनि बैंकले भुक्तानी गर्न आनाकानी गरेको पीडितहरु बताउछन् ।

राष्ट्र बैंकले पनि पटक–पटक निक्षेपकर्ताको रकम १० प्रतिशत ब्याज सहित भुक्तानी गराउन आदेश दिदै आएको छ ।

उक्त आदेशको पनि पालना नगरी बैंकले पीडितमाथि झन पीडा थपेको छ । संयोजक केसीका अनुसार बैंकले आफूहरुको रकम भुक्तानी नगरे राष्ट्र बैंकले उक्त बैंकलाई आफ्नो हातमा लिनसक्ने जानकारी दिए ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार