कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

डुब्यो भिबोर सोसाईटी बैंक, निक्षेपकर्ता सडकमा…

काठमाडौं, ३० जेठ । ६ वर्षअघि वीरगञ्ज फाईनान्स र हिमचुली विकास बैंक जोडिएर एच एण्ड बी बैंक मर्ज भई कारोबार गरेको भिबोर सोसाइटी बैंक डुबेको छ ।

उक्त बैंकले २०५९ मंसिर महिनामा सर्बसाधारणहरुले जम्मा गरेको १ अर्व पाँच करोड रुपैयाँ हिनामिना गरेपछि एच एण्ड बी बैंक विवादमा तानिएको थियो । आफूले जम्मा गरेको रकम झिक्न जाँदा नपाएपछि मात्र निक्षेपकर्ताले एच एण्ड बी बैंकले पैसा खाएको कुरा बुझे ।

एच एण्ड बी बैंक कुलेश्वर शाखा प्रमुख निरज नेपाल उक्त काण्डको सजायस्वरुप अहिले नख्खु जेलमा छन् । सर्बसाधारणले जम्मा गरेको १ अर्व पाँच करोड अपचलन गरेको काण्डमा उनी नौ वर्षका लागि जेलमा परेका हुन ।

उक्त काण्डपछि राष्ट्र बैंकले संचालक समितिलाई कारवाही गरी नयाँ समिति बनाएको थियो । त्यसपछि बैंकले आफ्नो नाम परिवर्तन गरी सोसाईटी विकास बैंकको नामबाट कारोबार शुरु गरेको
थियो ।

हाल उक्त सोसाईटी विकास बैंक र भिबोर विकास बैंक मर्ज भई भिबोर सोसाईटी विकास बैंकको नाममा कारोबार गरिरहेको छ ।

संघसंस्था व्यक्तिको रकममध्ये ६० प्रतिशत भुक्तानी गरेको छ । बाँकी ४० प्रतिशत दिन नमानेपछि पीडितहरु आन्दोलनमा उत्रिनुपरेको छ । आन्दोलनको क्रममा पत्रकार सम्मेलन, बैंक घेराऊ र नारावाजी गर्दै आईरहेका छन् ।

पीडितहरुको बाँकी रकम भुक्तानी नहुन्जेलसम्म आन्दोलन जारी रहने र थप आन्दोलनका कार्यक्रमहरु जारी गर्ने पीडित संघका संयोजक ज्ञानेन्द्र केसीले बताए । पुनरावेदन अदालत पाटनले पीडितहरुको बाँकी रकममा १० प्रतिशत ब्याँज थप गरी भुक्तानी गर्न आदेश जारी गरिसकेको अवस्थामा पनि बैंकले भुक्तानी गर्न आनाकानी गरेको पीडितहरु बताउछन् ।

राष्ट्र बैंकले पनि पटक–पटक निक्षेपकर्ताको रकम १० प्रतिशत ब्याज सहित भुक्तानी गराउन आदेश दिदै आएको छ ।

उक्त आदेशको पनि पालना नगरी बैंकले पीडितमाथि झन पीडा थपेको छ । संयोजक केसीका अनुसार बैंकले आफूहरुको रकम भुक्तानी नगरे राष्ट्र बैंकले उक्त बैंकलाई आफ्नो हातमा लिनसक्ने जानकारी दिए ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent