कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजपासहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक आज बस्ने…

 

काठमाडौं, ३१ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालसहित प्रमुख पाँच राजनीतिक दलको बैठक आह्वान गरिएको छ

अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने शीर्ष नेताहरूको बैठकमा सत्तापक्षले माग पूरा भएमा राजपा नेपाल चुनावमा भाग लिन्छ कि लिँदैन ? भनेर प्रतिवद्धता माग गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार राजपा नेपालको माग अनुसार २ र ५ नं. प्रदेशमा चुनाव सार्ने तयारी भएको छ । राजपा नेपाल आफ्ना माग पूरा भएमा चुनावमा भाग लिन सधैँ तयारी अवस्थामा रहेको नेता केशव झाले जानकारी दिए ।

उनले भने, ‘हामी निर्वाचनबाट भागेका छैनौँ । पहिला माग पूरा हुनुपर्छ । वार्ता र सम्वादबाट भाग्ने कुरा पनि आउँदैन ।’

उता, राजपा नेपालका नेताहरू शीर्ष वार्ताका विषयमा बिहानैदेखि आन्तरिक तयारीमा छन् ।

तराई झर्ने अवस्थामा रहेका राजपा नेपालका नेताहरूले आन्दोलनलाई सशक्त बनाउने बताउँदै आएका छन् ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार