कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

तलब, भत्ता नलिने उम्मेदवार मेहताको घोषणा…

सुनसरी । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख पदका प्रत्याशी राजन मेहताले इनरुवा नगर क्षेत्रका विकासका लागि सदैव लाग्ने बताउनुभएको छ । नेपाली काँग्रेस इनरुवा नगर समितिले बिहीबार आयोजना गरेको घरदैलो तथा चुनावी प्रचारप्रचार अभियानका क्रममा बोल्नुहँुदै प्रमुख पदका प्रत्याशी मेहताले सो कुरा बताउनुभएको हो ।

प्रमुखका उम्मेदवार मेहताले इनरुवा नगरपालिकाका सबै तहमा हाम्रो जित सुनिश्चित भइसकेको बताउनुहुँदै निर्वाचन त वैधानिकता दिने कुरा मात्र भएको बताउनुभयो । मेहताले राजनीतिलाई आफूले व्यवसायको रुपमा नहेरेर यसलाई एउटा सेवाको रुपमा लिएको पनि बताउनुभयो । नेपाली काँग्रेस काम गरेर मात्र बोल्ने पार्टी भएको भन्दै आफू प्रमुख पदमा विजयी भएपछि नगरपालिकाबाट प्राप्त हुने कुनैपनि रकम वा भत्ता नलिने घोषणा गर्नुभयो ।

प्रमुखका प्रत्यासी मेहताले नेपाली काँग्रेसले इनरुवा नगरपालिकामा पार्टीको तर्फबाट युवालाई टिकट दिएको बताउनुहुँदै आफू हारे सबै युवाको हार हुने भएकाले युवाको पक्षमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले आफूले विजयको दिनदेखि नै इनरुवा नगर क्षेत्रमा बेथितिको रुपमा रहेको ढल सरसफाइलाई निरन्तरता दिने बताउनुभयो । उहाँले इनरुवामा कुनै पनि बेला अनाहकमा बजार बन्द हुने गरेकाले त्यसको अन्त गर्नका लागि पहल गर्ने समेत बताउनुभयो । उम्मेदवार मेहताले आफू विजयी भएपछि भैँसी पशुपालक कृषकलाई मध्यनजर गर्दै प्रत्येक वर्ष भैँसी सुन्दरी प्रतियोगिता गर्ने र उपाधि विजेता भँैसीपालक कृषकलाई उन्नत जातको भैँसी उपहार दिने बताउनुभएको छ । रासस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार