काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिवमा डिला खरेलले उम्मेद्वारी घोषणा गरेका छन् । वर्ष (२०१७—१९) का लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् । विगत १० वर्षदेखी एनआरएनए अष्ट्रेलियामा आवद्ध उनी एनआरएनएका वर्तमान कोषाध्यक्ष छन् ।
खरेलले फेसवुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै गैरआवासीय नेपाली अभियानले बोकेको उदेश्यहरुलाई मूर्त रुप दिन महासचिव पदमा उम्मेदवारी दिने बताएका छन् । संघ नामको आधारमा मात्रै नभई कामको आधारमा समेत चिनिनुपर्ने बताउंदै उनले स्थापनाकालदेखीका अग्रज र नयाँ पुस्तालाई साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
खरेलले भनेका छन् “संस्थामा नेतृत्व दिन सक्ने अनुभवी, लगनशील, वौद्धिक र उर्जाशील नेतृत्व आवश्यक छ त्यसका लागी मेरो उमेद्वारी हो ।” संघले घोषणा गरे अनुसारको र पाएको सबै जिम्मेबारी पुरा गरेको उनको दावी छ । उनले संस्थाको परिचय, समस्या पहिचान र संजालको निर्माणका १० वर्षवाट पाठ सिक्दै संघको संस्थागत बिकाससंगै गुणात्मक उपलब्धी हांसिल गर्ने समयको रुपमा उपयोग गर्नुपर्ने बताएका छन् ।
’संघको स्थायित्व सम्बन्धि सबै योजनाहरुलाई कार्यान्वयनमा ल्याई संघलाई एक कदम अगाडि स्थापित गराउन आफु प्रतिबद्ध रहने,’ उनले भनेका छन् । उनले आर्थिक समुन्नतिको धरोहर प्रत्यक्ष वैदेशिक लगानीलाई भित्राउन आर्थिक कुटनीति तथा लगानी मैत्री वातावरणको निर्माणमा पहल गर्ने, वैदेशिक रोजगारबाट आर्जित सीप, ज्ञान र पूंजीको सही परिचालन गर्न तथा सामूहिक लगानीको अवधारणा मार्फत् मात्र समृद्ध राष्ट्रको सपना पूरा गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । एनसिसिमा समेत लोकपृय रहेका खरेल नेपालका दुर्गम क्षेत्रका परोपकार र सामाजिक कृयाकलापमा पनि सक्रिय छन् । खरेल उनि एन आर एन एन अस्ट्रेलिया र अन्तरास्ट्रिय समन्वय परिषद को विभिन्न समिति उप समिति को जिम्मेवारी रहदा अत्यन्तै राम्रो कार्य सम्पादन गरेको ले विश्व भरका एन आर एन माझ खरेल एक लगनशिल र मेहनती एन आर एन का रुपमा परिचित छन् ।
सामाजिक संजाल मार्फत नै उनको उम्मेदवारीको प्रशंसा र स्वागत भै रहेको छ, संघका पुर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान उपाध्यक्ष भवन भट्ट, कोषाधक्ष हिक्मत थापा पुर्व प्रवक्ता मन केसी लगायतले खरेलको उम्मेदवारीको स्वागत र समर्थन गरेका छन् ।दैनिक नेपाल