कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नेपालमै पहिलोपटक मिस हेरिटेज क्वीन– २०१७ हुने…

काठमाडौं । कला, संस्कृति एवं सम्पदाको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक मिस हेरिटेज क्वीन– २०१७ आयोजना हुने भएको छ ।

प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रियशन नेपालले असार १० बाट मिस हेरिटेज क्वीन– २०१७ सुरु गर्न लागेको हो ।

प्रतियोगिताबारे आयोजकले आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘प्रतियोगिताका सहभागीलाई सम्पदाको अर्थ र महत्व बुझाउँदै यसको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनमा सहभागी गराउने प्रमुख उद्देश्य हाम्रो रहेको छ,’ आयोजक युथ क्रियशन नेपालका अध्यक्ष रवि लामाले भने– ‘प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पनि सम्पदा संरक्षण र प्रवद्र्धनको पाटो कुनै न कुनै माध्यमबाट प्रयोगमा ल्याइनेछ ।’

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन असार ९ गतेसम्म आवेदन माग गरिएको छ । असार १० गते छनोट र १२ गतेदेखि तालिम सुरु हुनेछ भने साउन ५ गते अन्तिम प्रतियोगिता राष्ट्रिय नाँचघर जमलमा हुनेछ । आवेदन फाराम युथ क्रियशन नेपालको कार्यालय पुतली सडकबाट लिन सकिनेछ ।

मिस हेरिटेज क्वीन– २०१७ मा सहभागीमध्ये विजेतालाई क्राउन, क्यास र ह्याम्पर पुरस्कार दिइनेछ । त्यस्तै, फस्ट रनरअप र सेकेण्ड रनरअपलाई पनि क्राउन, क्यास र ह्याम्पर दिइनेछ । यद्यपी आयोजकले पुरस्कारको धनराशी भने तय गरिसकेको छैन् । यसका साथै विभिन्न विधाका टाइटलहरु पनि उपलब्ध गराइने युथ क्रियशन नेपालकी सह संयोजक एन्जिला तामाङले जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकारहरु दामोदर लामा, फुर्साङ तामाङ तथा कोरियोग्राफर रोजिन शाक्यले प्रतियोगिता आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेका थिए ।दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent