कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कैलाश बैंकमा करोडौँ हिनामना, मेनेजर अमेरिका पुगे, ८ महिनाकी गर्भवती प्रहरी खोरमा…

काठमाडौँ, ५ असार । वित्तीय अपराध मैलाउँदै जाँदा कैलाश विकास बैंकको पनि ठगी प्रकरण सार्वजनिक भएको छ ।

पोखराको लामाचौर शाखाका प्रबन्धक रवीचन्द्र खनाल आफै एकाएक फरार भएपछि ठगीको रहस्य खुलेको हो । ठगी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले घटनामा संलग्न सात जना कर्मचारीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ । सीआईबीको प्रारम्भिक अनुसन्धानमा निकै ठूलो ठगी देखिएको छ । ‘हाम्रो अनुसन्धानमा २ करोड ८१ लाख ७० हजार हिनामिना गरेको देखिएको छ ।’- अनुसन्धान सकेर काठमाडौँ फर्केका सीआइबीका इन्स्पेक्टर टीका रेग्मीले दैनिक नेपालसँग भने ।

यस्तो छ बैंकको लापरबाही

पोखराकै एक सहकारीको नाममा भएको चेक लिएर ग्राहक कैलाश विकास बैंकको न्युरोड शाखामा पुगे । २० लाख रुपैयाँ भुक्तान लिन अन्तिममा ४६ नम्बर भएको चेक लिएर उनी त्यहाँ पुगेका थिए ।

उक्त नम्बरको चेकबाट पहिला नै लामाचौर शाखाबाट रकम भुक्तानी भएको बैंकको सिस्टममा देखियो । टेलरका कर्मचारीले लामाचौर शाखाका तत्कालीन ब्रान्च मेनेजर रविचन्द्र खनाललाई फोन गरे । खनालले ४६ को ठाउँमा ४७ नम्बरको चेक इन्टी गरेर पैसा दिन भने । न्युरोड शाखाका टेलरका कर्मचारीले त्यसै अनुसार गरे । अर्को दिन फेरी त्यही सहकारीको ४७ नम्बरको चेक न्युरोड शाखामै साट्न पुर्याइयो । सहकारीलाई नसोधी बैंकका कर्मचारीले पुन खनाललाई नै सोधे ।

४७ को ठाउँमा ५९ नम्बर इन्ट्री गरेर रकम दिन भने । त्यसै अनुसार रकम भुक्तान भयो । ठगी प्रकरणमा बैंकका म्यानेजर खनालमात्रै नभई अन्य कर्मचारीको पनि मिलेमतो देखिएको छ । सोही आरोपमा प्रहरीले गत सोमबार कैलाश बैंकको पोखरा, न्युरोड शाखाका ३ कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अपरेसन इन्चार्ज लक्ष्मी कँडेल, टेलर सुष्मा शर्मा र दीपिका कोइराला रहेका छन् । उनीहरुले बिनाचेक पटकपटक नम्बर फेरेर भुक्तानी दिने गरेको भेटिएको छ । प्रहरीले यसअघि नै ४ जना कर्मचारीलाई पक्राउ गरी बैंकिङ कसुर ऐन २०६४ अनुसार मुद्दा अगाडि बढाएको छ ।

यसअघि लामाचौर शाखाका अपरेसन इन्चार्ज शिवराज अधिकारी, सहायक कर्मचारी रिगु आचार्य केसी, रविना थापा र सीमा पन्थ पक्राउ परेका थिए ।

ठगी गर्ने खनाल अमेरिका टाप

बैंक र सर्वसाधारणको करोडौ रकम हिनामिना गर्ने कैलाश विकास बैंक लामाचौर शाखाका तत्कालिन म्यानेजर भने अमेरिका पुगेको खुलासा भएको छ । उनले सामाजिक सञ्जालबाटै आफू अमेरिका पुगेको जानकारी दिएका छन् ।

लायन्स क्लबको कार्यक्रमका सिलसिलामा एकपटक अमेरिका घुमेर फर्केका उनीसँग अमेरिकाको ५ वर्षको भिसा थियो । गत चैत ३१ गते साँझ साढे ७ बजेसम्म खनाल कार्यालयमै रहेका खनाल बैशाख १ गते अरु साथीहरुलाई बैंकको चाबी पठाएर बेपत्ता भएका थिए ।

बैंकले बैशाख ३ गते नै केन्द्रीय कार्यालयबाट अडिट टोली पठाएर लामाचार शाखाको लेखापरीक्षण सुरु गरेको थियो । घटनाबारे थाहा पाउनासाथ बैंकले सीआइबीमा उजुरी दिएको थियो ।

बैंकले अभियुक्त खनालको घरजग्गा रोक्का गरिसकेको छ । खनालले केही सहकारी संस्था र दर्जनभन्दा बढी सर्व साधारणसँग पनि मोटो रकम उठाएको भन्दै उजुरी परेको छ । जसअनुसार उनले १० करोड रुपैयाँको हाराहारीमा ठगी गरेको हुनसक्ने अनुमान गरिएको छ । ‘खनाल अमेरिका पुगेको जानकारी आएको छ, श्रीमतीले पनि त्यही कुरा बताएकी छिन्, यसबारेमा अनसन्धान गर्दैछौँ ।’- इन्स्पेक्टर रेग्मीले दैनिक नेपालसँग भने ।

आठ र तीन महिनाकी गर्भवती पनि प्रहरी हिरासतमा

ठगी प्रकरणको अनुसन्धानका लागि हिरासतमा रहेकी बैंककी कर्मचारी रिगु आचार्य केसी ८ महिनाकी गर्भवती हुन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं १९ लामाचौरकी उनी बैंकका अन्य कर्मचारीसँगै हिरासतमा छिन् ।

यसैगरी, गतसाता प्रहरी हिरासतमा पुगेकी दीपिका कोइराला तीन महिनाकी गर्भवती हुन् । हिरासतमा राखी गर्भवती महिलालाई मानसिक यातना दिँदा उनको स्वास्थ्य अवस्था दिनदिनै बिँग्रदै गएको भन्दै परिवारले छाडिदिन आग्रह गरेका छन् । तर, जिल्ला सरकारी वकिलको राय अनुसार प्रहरीले उनीहरुलाई हिरासमै राखेको छ । ८ महिनाकी गर्भवती भनिएकी रिगुले म्यानेजर खनाललाई सहयोग गरेको देखिएको छ । तर, चिकित्सकको रिपोर्टमा उनीहरु दुबै जनाको स्वास्थ्यस्थिति ठीक देखिएको छ । प्रहरी इन्स्पेक्टर रेग्मी भन्छन् – ‘अन्य कर्मचारीको सहयोगबिना यति ठूलो ठगी हुनै सक्दैन् । त्यसैले रकम हिनामिनामा अरु पनि संलग्न देखिएका छन् ।’

अब के हुन्छ ?

हिनामिनाको जानकारी पाउनासाथ पोखरा पुगेको सीआईबीको टोली आइतबार काठमाडौँ फर्किएको छ । सीआईबीले अनुसन्धान विवरण तयार पारेर आफ्नो रायसहित जिल्ला प्रहरी कार्यालय र वकिल कार्यालयलाई रिपोर्ट बुझाएको छ । बाँकी कारबाही जिल्ला प्रहरीले नै अगाडि बढाउँछ । सीआइबीका इन्स्पेक्टर रेग्मीले भने -‘म्यानेजर खनालले अन्य कर्मचारीलाई पनि प्रभाव पारेको देखिन्छ । त्यसैले अझै सुक्ष्म रुपमा अनुसन्धान हुन्छ ।’दैनिक नेपाल

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent