कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजा ज्ञानेन्द्रबारे प्रचण्डको नयाँ खुलासा…

काठमाडौं, ६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रकै कारण राजतन्त्र गुमेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले मौका समाउन नसक्दा राजतन्त्र नै गुमेको समेत उनले जिकिर गरे ।
मंगलबार नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरको पुस्तक ‘अंश’ विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धकालमा आफुहरुले राजासंगै वार्ता गर्न खोजे पनि तत्कालीन राजा ज्ञानेन्द्रले बेवास्ता गरेको उल्लेख गरे ।

‘हाम्रो नीति तत्कालीन सरकार भन्दा पनि राजासंग नै प्रत्यक्ष वार्ता गर्ने थियो,’ प्रचण्डले भने, ‘हामीले राजा वीरेन्द्रसँग पनि कुरा गरेका थियौं तर यो क्रम ज्ञानेन्द्रको पालामा भंग भयो ।’
शान्तिप्रक्रियामा आउन अघि आफूहरु तत्कालिन राजा ज्ञानेन्द्रसँगै वार्ता गर्ने सोचमा रहेपछि राजनीतिक दल र स्वयं ज्ञानेन्द्रले नै उक्त वातावरण निर्माण नगरेको प्रचण्डको भनाइ थियो ।
माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध सुरु हुनुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामहरुको भूमिका पनि उत्तिकै रहेको समेत बताए ।-Lokantar

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |