उदयपुरका १७ युवा साउदी अरबमा अलपत्र : उद्धार हुन सकेन

उदयपुर /स्थानीय मेनपावरका एजेन्टको ठगीमा परेर उदयपुरका १७ जना युवा साउदी अरबमा अलपत्र परेका छन । काठमाण्डौमा रहेका साउण्डलाइन्स रिकुमेन्ट सर्भिसेस प्रालि सिनामंगल काठमाण्डौको शाखा गाईघाटबाट साउदी पुगेका उदयपुरका १७ जना युवा अलपत्र परेका हुन ।


साउण्डलाइन्स रिकुमेन्ट सर्भिसेस प्रालिको शाखा गाईघमा रहेर काम गर्ने त्रियुगा नगरपालिका १२ गाईघाटका नेत्र लिम्बु र उनकी श्रीमति रेस्मा लिम्बुको ठगीमा परेर स्थानीय युवाहरु अलपत्रमा परेको बताएका छन । अलपत्र पर्नेमा त्रियुगा नगरपालिका भातिखर्कको साथै साविको हडिया, साउने, खोटाङ लगायतका युवाहरु रहेका छन ।

नेत्र मार्फत गएको चैत्र र बैशाख महिना भित्र साउदी पुगेर अलपत्र पर्नेहरुमा गोविन्द खड्का, हेमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्रबहादुर बस्नेत, दुर्गा नारायण श्रेष्ठ, तेजबहादुर कटुवाल बसन्त राई, उमेश खड्का, युवराज कार्की, टोपबहादुर मगर, उमेश खड्का, बसन्त राई, सोभित राई, मातृका घिमिरे, मोहनकुमार राई, मनोज खड्का, रहेको साउदीबाट अलपत्र परेका उमेश खड्काले जाकनारी दिए ।

 

‘हामीले लिम्बु दम्पतिलाई ७० हजारदेखि एक लाख ७० हजारसम्म पैसा तिरेर आएका हौं,’ जेदा हम्दवीमा रहेको विन लादेन कम्पनीमा कार्यरत उमेश खड्काले भने, ‘अहिले भनेको जति तलव पनि पाएका छैनौं, अनि काम गरेको तीन महिना भईसक्दा पनि एक सुका तलव लिएका छैनौ ।’ खान बस्नमा समेत समस्या छ ।

यसैगरी सोही कम्पनीमा काम गर्न पुगेका नारायण श्रेष्ठले खान, बस्नु, औषधि, उपचार समेत समस्या भएको बताए । ‘हामीलाई लिम्बु दम्पतीले गाईघाटमै विना प्रमाण पैसा लिएर साउदी अरब पठाएका हुन,’ उनले भने, ‘साउदी आउन नेपाल सरकारबाट मात्र १० हजार भए पुग्ने रहेछ ।’ कुराकानीमा सोमबार कार्कीले गैर कानुनी रुपमा साउदी अरब पठाएको गुनासो गरे । सोही कम्पनीमा लिम्बु मार्फतै साउदी पुगेका टोपबहादुर मगरले नेपाल फिर्ता गरिदेउ भन्दा पनि साउण्डलाइन्स रिकुमेन्ट सर्भिसेसका उदयपुरका एजेन्टका रुपमा चिनिने नेत्र लिम्बुले धमक्याउने गरेका छन । ‘

काम गर्न गएको होईन, काम गर्नु नी, किन नेपाल आउने भन्ने जवाफ दिन्छन,’ मगरले भने, ‘हामीलाई यहाँसम्म आउँदा बेचिसकेको रहेछ, थाहानै पाएनौ ।’

स्थानीय एजेन्ट लिम्वु दम्पती सम्पर्क विहन

साउण्डलाई रिकुमेन्ट सर्भिसेस प्रालिबाटै लिम्बु दम्पतिले साउदी अरब पठाएका त्रियुगा नगरपालिका १३ असारीका २४ वर्षे युवा तेजबहादुर कटुवाल अलपत्रको समाचार पुर्वेली न्यूजमा प्रकाशित भएपछि सम्पर्क आएकाले १७ युवाको आफन्तले समेत खोज्दा लिम्बु दम्पति वेपत्ता भएका छन । नेत्रको नीजि नम्वर ९८१८९०२८६७ मा दर्जन पटक सम्प्र्क गर्दा पनि सम्पर्क हुन सेकेको छैन भने, श्रीमति रेस्मा लिम्बुको ९८१९९४२७५९ फोन पनि अफ छ ।

लिम्बुबाटै साउदी पुगेका तेजबहादुर कटुवाल प्यारालाईसिस रोगबाट थलिएका छन । नेत्र सुव्वा लिम्बुको श्रीमति रेस्मा लिम्बु खत्रीलाई एक लाख ७० हजार नगर विना कागज तिरेर साउदी पठाएको बुबा गजकेशर कटुवालले बताए । ‘साउदी पुगेपछि छोराले काम पनि पाएन, आधा शरिर चल्न नसक्ने रोग लाग्दा पनि म्यानपावरले न फिर्ता ल्याइदेउभन्दा पनि ल्याइदिने कुरा गर्दैन । धन कमाउने आशमा साँुहसँग ऋण लिएर साउदी पुगेका उदयपुरका १७ जना युवा अहिले नेपाल फर्कन माग गरिरहेका छन ।

जिल्ला समन्वय समिति अन्र्तगत रहेको बैदेशि रोजगार परार्मश केन्द्र (सामी परियोजना) उदयपुरकी प्रमुख सोनाम राईले कानुनी रुपमा प्रक्रिया पु¥याएर १७ जनलाई नेपाल ल्याउन सकिने बताईन । ‘साउदीबाट नेपाल ल्याउनेको लागि उनिहहरुका आप्mन्तलाई खोजी गर्नु प¥यो,’ उनले भनिन्, नेत्रलाई कानुनी कारवाही गरी क्षतिपुर्ती दिलाउन सहयोग गर्ने छौ ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार