कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

विद्यार्थीले दार्जिलिङ छाडेपछि गोर्खा आन्दोलन वार कि पार हुने- वार्तामा नबस्ने…

८ अषाढ २०७४

काठमाडौं । आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ।

बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्‍याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ।

मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका सवारीसाधनले शुक्रबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यार्थीलाई गन्तव्यमा पुर्याउनु पर्नेछ। उनले विद्यालयले अन्य सवारीसाधन प्रयोग गर्न नपाइने बताए।

उनले भने, ‘छुट्टै राज्य गोर्खाल्यान्ड नहुन्जेल आन्दोलन जारी रहने भएकाले हामीले यहाँ रहेका विद्यार्थीलाई घर जान सजिलो होस् भनेर २३ जुनका लागि विद्यार्थी बोक्न अनुमति दिएका हौं।’

भारत, नेपाल, भुटान लगायतका देशबाट दार्जीलिङ आएर पढने विद्यार्थीको संख्या ठूलो छ। यसपटक अचानक शुरु भएको बन्दले विद्यार्थी घर जान नपाई छात्रावासमै रहन बाध्य भएका छन्।

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार