कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

देउवाले ६ पटकसम्म नमस्कार गर्दासमेत ओलीले देउवाको मुखै नहेरेपछि…

काठमाण्डु, ८ असार– प्रधानन्यायाधीश सिफारिस गर्न गत ७ असारमा सिंहदरबारस्थित संवैधानिक परिषदको कार्यालयमा बसेको परिषद बैठकबारे एउटा रोचक तथ्य काठमाण्डुटुडेले फेला पारेको छ ।


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नाम सिफारिसमा परेका ६ मध्ये कामु प्रधानन्यायधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा नियुिक्तको प्रस्ताव गरेका थिए । तर, देउवाको प्रस्ताव प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले अस्वीकार गरे । ‘अध्ययनका लागि समय चाहिने’ भन्दै ओलीले पराजुलीको नाममा सहमति नजनाएपछि बैठक अनिर्णित भयो । परिषदका एक सदस्यका अनुसार देउवाले ओलीलाई पराजुलीको नाममा सहमति जनाइदिन पटकपटक हात जोडेका थिए । ६ पटकसम्म नमस्कार गरेर आग्रह गर्दासमेत देउवा नमानेको स्रोतले बतायो ।

‘प्रधानमन्त्रले ६ पटकसम्म दुवै हात जाडेर नमस्कार गर्नुभएको थियो’, ती सदस्यले काठमाण्डुटुडेसँग भने, ‘तर ओलीले देउवातिर हेर्दै नहेरी ‘नो’ भन्नुभयो ।’

ओली नमानेपछि आगामी १५ असारमा बस्ने गरी परिषद बैठक स्थगित भयो । न्यायपरिषदले गत ३० जेठमा प्रधानन्यायाधीशमा पराजुलीसहित सर्वोच्चका न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पोडेलको नाम सिफारिस गरेको थियो । काठमांडू टुडेबाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार