आयो गोर्खाल्याण्ड आन्दोलनबारे प्रशान्त तामाङ र डा. बाबुराम भट्टाराईको यस्तो प्रहार…

सन् २००७ का इण्डियन आइडल अर्थात् थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका प्रशान्त तामाङको मन गोर्खाल्याण्ड आन्दोलनले अशान्त बन्दै गएको छ ।
स्थायी घर दार्जिलिङ भएका नेपाली भाषी भारतीय कलाकार तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनलाई विषय बनाएर गीत रचना गरिरहेको बताएका छन् ।


दार्जिलिङमा हुर्किएका प्रशान्त पछिल्ला दिनमा दिल्ली बसाइँ सरे पनि उनका आफन्त दार्जिलिङमै बस्दै आएका छन् । उनले दार्जिलिङसँग आफ्नो आत्मीय सम्बन्ध भएकाले त्यहाँको आन्दोलनको समर्थन नगरी बस्न नसक्ने बताएका छन् ।
गोर्खाल्याण्ड माग गर्दै सुरु भएको आन्दोलनमा बंगाल सरकारले गोली चलाएको र त्यहाँका नागरिकको मृत्यु भएको खबरले आफूलाई पीडा हुने गरेको समेत तामाङ बताएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार