कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गोर्खाल्याण्डको विषय विवाद हुँदा युएईमा नेपालीबिच झडप, दुई घाइते

काठमाडौं, १० असार । गोर्खाल्याण्डको विषयमा यूएईमा कार्यरत नेपालीहरुबीच विवाद हुँदा झडप भएको छ । झडपमा परि दुई नेपाली घाइते भएका छन् । एक जना भने हतियारसहित पक्राउ परेका छन् ।

घटना युएईको आबुधाबीमा बङ्गाली मार्केटमा भएको हो । सुनसरीको धरान र झापाको काँकडभिट्टाका नेपालीबिच भनाभन हुँदा झडप भएको बताइएको छ ।

झापा र धरानका सबै युवाहरु गोर्खाल्याड मागका विरोधी हुन् । तर झापाका युवाले आफू नेपाली भएकोमा गर्व गर्ने बताएका थिए । त्यही क्रममा धरानका युवाले आवेशमा आएर गोर्खाल्याण्ड भारतमा बनाउन नपाइने भन्दै चक्कु प्रहार गरेको एक नेपालीले बताए ।

झडपमा मेचीनगरका रबिन सिवाकोटी र अमृत तामाङ घाइते भएका छन । उनीहरुको आबुधाबीमा उपचार भइरहेको छ । घाइते दुईजना नै आबुधाबीको एसिसी कन्ट्रर्याकटिङ कम्पनीमा कार्यरत रहेको बताइएको छ ।

चक्कु प्रहार गर्ने नेपालीलाई आबुधाबी प्रहरीले चक्कुसहित पक्राउ गरेको छ । यसैबिच युएईमा कार्यरत दार्जिलिङका नेपाली भाषी भारतीयले गोर्खाल्याण्डको माग गर्दै गोर्खाल्याण्ड आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।मिडिया एनपी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent