कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गोर्खाल्याण्डको विषय विवाद हुँदा युएईमा नेपालीबिच झडप, दुई घाइते

काठमाडौं, १० असार । गोर्खाल्याण्डको विषयमा यूएईमा कार्यरत नेपालीहरुबीच विवाद हुँदा झडप भएको छ । झडपमा परि दुई नेपाली घाइते भएका छन् । एक जना भने हतियारसहित पक्राउ परेका छन् ।

घटना युएईको आबुधाबीमा बङ्गाली मार्केटमा भएको हो । सुनसरीको धरान र झापाको काँकडभिट्टाका नेपालीबिच भनाभन हुँदा झडप भएको बताइएको छ ।

झापा र धरानका सबै युवाहरु गोर्खाल्याड मागका विरोधी हुन् । तर झापाका युवाले आफू नेपाली भएकोमा गर्व गर्ने बताएका थिए । त्यही क्रममा धरानका युवाले आवेशमा आएर गोर्खाल्याण्ड भारतमा बनाउन नपाइने भन्दै चक्कु प्रहार गरेको एक नेपालीले बताए ।

झडपमा मेचीनगरका रबिन सिवाकोटी र अमृत तामाङ घाइते भएका छन । उनीहरुको आबुधाबीमा उपचार भइरहेको छ । घाइते दुईजना नै आबुधाबीको एसिसी कन्ट्रर्याकटिङ कम्पनीमा कार्यरत रहेको बताइएको छ ।

चक्कु प्रहार गर्ने नेपालीलाई आबुधाबी प्रहरीले चक्कुसहित पक्राउ गरेको छ । यसैबिच युएईमा कार्यरत दार्जिलिङका नेपाली भाषी भारतीयले गोर्खाल्याण्डको माग गर्दै गोर्खाल्याण्ड आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।मिडिया एनपी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार