भोट हाल्न लाइनमा बसेका ८२ वर्षीय भण्डारीको मृत्यु…

इटहरी। झापा दमकको वडा नम्बर ७ स्थित सरस्वती मावि मतदान केन्द्रमा मत खसाल्न लाइनमा बसेका ८२ वर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको हो । लाइनमा बस्दाबस्दै ढलेका उनको घटनास्थलमा नै मृत्यु भएको हो।

मृतक भण्डारी २०५४ सालको स्थानीय चुनावमा साविक दमक नगरपालिका १४ बाट वडा सदस्य निर्वाचित भएका थिए। उनको मृत्युको कारण खुल्न सकेको छैन ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार