प्रारम्भिक मतगणनामा कांग्रेस अगाडि, एमाले पछ्याउँदै…

काठमाडौं– स्थानीय तह दोस्रो चरण निर्वाचनको नतिजा आउने क्रमको प्रारम्भिक चरणमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

बिहीबार बिहान ११ बजेसम्मको नतिजामा नेपाली कांग्रेस २५ स्थानीय तहमा अगाडी छ भने नेकपा एमाले २० स्थानसहित दोस्रो स्थान बनाउन सफल भएको छ । त्यस्तै माओवादी केन्द्र ९ स्थानसहित तेस्रो र अन्य साना दलले ३ स्थानमा अग्रता कायम गरेका छन् ।

डोटीको सिलगढी नगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, उदयपुरका २ स्थानीय तहलगायतमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।

त्यस्तै ते्रहथुमको दलालिगुरास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, झापाको कन्काइ नगरपालिका लगायतमा एमाले अगाडी छ ।

त्यस्तै राप्रपा र संघीय समाजबादीले पनि नवलपरासीका केही स्थानमा अग्रता कायम गरेका छन् ।रातोपाटी संवाददाता 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार