गर्मीमा कीराहरू आएर हैरान हुनुहुन्छ ? यो उपाय अपनाउनुस् !

गर्मी बढ्दै जाँदा घरमा माउसुली, मुसा, साङ्लो, लामखुट्टे लगायतका कीराको आतंक बढ्दै जान्छ । यिनीहरूलाई जति भगाएपनि फेरि आइहाल्छन् । यिनीहरूलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । यहाँ हामी यस्ता कीराहरूलाई भगाउने घरेलु उपाय बताउँदैछौं ।

माउसुली
भित्ताहुँदो देखिने माउसुलीको कुनै अंग वा आची खानेकुरामा प–यो भने ज्यानै जान पनि सक्छ । पानीमा मरिच हालेर घरभरि छर्किनुभयो भने माउसुली भाग्छ । अर्को उपाय भनेको माउसुली भएका ठाउँमा लसुनका पोटीहरू राख्नुभयो भने त्यसको गन्धले पनि माउसुली भाग्छ ।

मुसा
मुसाले कपडा र सामानहरू काटिदिएर अनि खानेकुरा चोरेर हैरानै गर्छ अनि यसले ज्यानै पनि लिन सक्छ । मुुसाको मल खानेकुरामा प–यो र त्यो खानेकुरा हामीले खायौं भने मिर्गौलाको रोग लाग्न सक्छ । मुसालाई घरबाट भगाउन प्याजको टुक्रा, फिनाइलका गोलीहरू राख्नुस् । गन्धैले मुसालाई भगाउँछ ।

साङ्लो
साङ्लो प्रायः बाथरूम र शौचालय अनि भान्सामा भेटिन्छ । साङ्लोको मृत छाला वा मल खानेकुरामा परेमा पिसाबको संक्रमण वा फूड प्वाजनिङको सम्भावना हुन्छ । साङ्लो आउने ठाउँमा चिनी र बेकिङ सोडा राखिदिनुस् । अनि घरका कुनाकाप्चामा ल्वाङ राख्नुभयो भने पनि साङ्लो भाग्छ ।

लामखुट्टे
लामखुट्टेले मलेरिया, डेंगू, चिकनगुनिया जस्ता अनेकौं रोग लगाउँछ । यसबाट छुटकारा पाउनका लागि घरमा नीमका सुक्खा पातहरू डढाएर धूँवा उडाउनुस् । लामखुट्टे भाग्छन् । अनि घरवरिपरि पानी जम्न नदिनुस् ।

झिंगा
झिंगाहरू प्रायः फोहोर ठाउँमा बस्छन् र उनीहरूको जिउमा फोहोर वस्तु टाँसिएको हुन्छ । यही फोहोर खानामा मिसियो भने टाइफाइड र क्षयरोग लाग्न सक्छ । घरमा कपूर बाल्ने वा स्याउमा ल्वाङ घुसाएर राख्ने गरेमा झिंगा आउँदैनन् ।

कमिला
घरमा स्याउँस्याउँ कमिला आएर हैरानै गर्छन् । कमिलाले अनेकथरी ब्याक्टेरियाहरू ल्याइरहेका हुन्छन् र उनीहरूले टोक्दा एलर्जी हुन्छ । यो ब्याक्टेरिया खानामा परेमा फूड प्वाइजनिङ हुन्छ । कमिला आउने ठाउँमा ट्याल्कम पाउडर छर्नुस् वा बेसार वा फिटकिरी हाल्नुस् ।

उडुस
उडुसले टोक्दा संक्रमण र चिलाउने हुन्छ । यिनीहरूको मृत छाला ओछ्यानमा झर्दा त्यसले दमको रोग पनि लाग्न सक्छ । त्यसैले उडुसबाट छुटकारा पाउनका लागि नीमको तेल छर्किनुस् अनि खाटमा पुदिनाको पात पनि राख्नुस् ।

माकुरा
गर्मीमा माकुराको आतंक बढेको हुन्छ र ठाउँठाउँमा जालो बनाउने विषालु माकुराका कारण छालामा एलर्जी हुन्छ । पानीमा नून मिसाएर घरका कुनाकाप्चामा छर्किनुभयो भने माकुरा भाग्छन् । अनि चूक अमिलो र पेपरमेन्टको तेल छर्किनुभयो भने पनि माकुरा चम्पत ठोक्छन् ।

एजेन्सी

मुख्य समाचार