दहीका २० फाइदा…..

अपच हट्छ
दहीमा भुटेको जिरा पिसेर त्यसमा अलिकति नुन र मरिच हालेर बिहान खाएमा खाना राम्रोसँग पच्छ ।

टाउको दुखाइ हटाउँछ
बिहान सूर्योदयसँगै टाउको दुखाइ बढ्दै जाने समस्या छ भने सूर्योदयअघि दहीसँग भात मुछेर खाने गरेमा टाउको दुखाइ कम हुन्छ ।

वजन घटाउँछ
पेटमा बोसोको मात्रा निरन्तर बढ्दै गएको छ भने बिहान खाली पेटमा पाँच चम्चा दही खाने गरेमा पेटमा जम्मा भएको बोसो कम हुँदै जान्छ ।

पोषण प्रदान गर्छ
दहीमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिनजस्ता पोषक तत्व प्रचुर मात्रामा पाइन्छ ।

हड्डी बलियो बनाउँछ
दहीमा क्याल्सियम, फस्फोरस, आइरनको मात्रा उच्च हुने भएकाले दही खाँदा हड्डी बलियो हुन्छ ।

एसिडिटी हटाउँछ
एसिडिटी छ भने बिहान एक कचौरा दही खाएमा एसिडिटी हटेर जान्छ । दही खाने गरेमा पेटसम्बन्धी अन्य समस्याको पनि समाधान हुन्छ ।

बाथको असर कम गर्छ
बाथसम्बन्धी समस्या भएकाहरूले दही खाँदा राहत मिल्छ ।

मुटु बलियो बनाउँछ
दिनहुँ दही खाने गरेमा मुटुसम्बन्धी समस्या कम हुँदै जान्छ । दहीले शरीरमा कोलेस्ट्रोल र रक्तचापलाई नियन्त्रित राख्छ ।

रोगप्रतिरोधात्मक क्षमता बढाउँछ
दहीमा लाभकारी ब्याक्टेरिया पाइन्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ ।

चिन्ता हटाउँछ
दिनहुँ दही खानाले दिमाग स्थिर रहन्छ । जसले चिन्तामुक्त हुन मद्दत गर्छ ।

अनुहार चम्किलो बनाउँछ
दहीमा भिटामिन–ई, जिंक र फस्फोरस प्रशस्त मात्रामा पाइन्छ । जसले छालालाई चम्किलो र सुन्दर बनाउँछ । साथै, गहुँको पिठोमा दही र कागती मिसाई फेसप्याक बनाएर अनुहारमा लगाएर २० मिनेटपछि धुने । यसो गर्दा अनुहार सफा र चम्किलो बन्छ ।

दूधको अभाव पूर्ति गर्छ
अपच हुने समस्या, एलर्जीलगायत कारणले दूध खान सक्नुहुन्न भने दही खानुस् । दूधबाट शरीरले पाउने यावत लाभ दहीले पनि दिन्छ ।

यौनशक्ति बढाउँछ
यौन दुर्बलता भएमा खानाअघि दही खाने गर्नाले यौन क्षमता वृद्धि हुने विभिन्न अनुसन्धानले देखाएको छ ।

व्यायामपछि लाभदायक
दहीमा प्रोटिन, कार्बोहाइड्रेटलगायत सन्तुलित मात्रामा पाइने भएकाले व्यायामपछि दही खानु राम्रो हुन्छ । व्यायामका क्रममा पसिनामार्फत निकास भएका शरीरका खनिजको अभाव दही खानाले पूर्ति हुन्छ ।

रुघाखोकी कम गर्छ
रुघाखोकी लाग्ने गरिरहन्छ भने दिनहुँ दही खाने गर्नुपर्छ । दहीमा पाइने लाभकारी ब्याक्टेरियाले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ, जसले गर्दा रुघाखोकी लागिरहने क्रम कम हुन्छ ।

दाँत स्वस्थ राख्छ
दहीमा अमिलोपन भए पनि यसमा दाँतका इनामेल हटाउने खालको अम्लीय तत्व हुँदैन । दहीमा ल्याक्टिक एसिड पाइन्छ, जसले दाँतको इनामेल हटाउनुको सट्टा दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ ।

कपाल झर्न रोक्छ
दहीले कपाल मालिस गरी केही समय त्यसै छोडेर धुने । यसो गर्दा कपाल झर्ने क्रम कम हुन्छ ।

कपाल उम्रिन्छ
दहीलाई तामामा निरन्तर रगडेर हरियो बनाई कपाल खुइलिएर तालु भएको ठाउँमा मालिस गर्नाले कपाल उम्रँदै जान्छ ।

रतन्धो हटाउँछ
राति आँखा नदेख्ने समस्या छ भने दहीको पानीमा मरिचको धुलो मिसाई गाजलजसरी आँखावरिपरि लगाउनाले समस्या कम हुँदै जान्छ ।

जिब्रोको समस्या
दहीको पानीले बिहान कुल्ला गर्नाले अथवा दहीमा पाकेको केरा मिसाई खानाले जिब्रो पोल्ने अथवा जिब्रो सुनिने समस्या कम हुन्छ ।

स्वास्थ्य खबरपत्रिका

मुख्य समाचार