फोन चार्ज गर्दा यी आठ टिप्स अपनाउन नभुल्नुहोस्…..

फोन चार्ज गर्दा केही कुरा ध्यानमा राख्न अत्यावश्यक छ । यी टिप्स नअपनाउँदा फोनको ब्याट्रिको लाइफ कम त हुन्छ नै साथै यसको क्षमतामा पनि ह्रास आउँछ । हामी ती ८ टिप्सबारे जानकारी दिँदैछौं जसलाई फोन चार्ज गर्ने हरेक व्यक्तिले अपनाउनुपर्छ ।

कम्पनीको चार्जर मात्र प्रयोग गर्नुहोस्ः

जुन चार्जर फोनसँग आएको छ, त्यो चार्जरमात्र प्रयोग गर्नुहोस् । ओरिजिनल चार्जर छैन भने यस्ता चार्जरको प्रयोग गर्नुहोस् जसको रेटिङ ओरिजिनल चार्जर जत्तिकै छ ।

लोकल चार्जरको प्रयोग नगर्नुहोस्ः

लोकल कम्पनीको सस्तो चार्जरबाट फोन चार्ज गर्नबाट बच्नुहोस् । यस्ता कम्पनीले सुरक्षालाई ध्यानमा राख्दैनन् ।

फोनको कभर निकाल्नुहोस्ः

फोन चार्ज गर्नेबेला यसको कभर निकाल्नुहोस् । कभरले ब्याट्रिको तापक्रमलाई प्रभावित गर्दछ ।

सधैं फास्ट चार्जरको प्रयोग सही होइनः

फोनलाई सधैं फास्ट चार्जरले चार्ज नगर्नुहोस् । फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रि हायर भोल्टेजमा जान्छ । यसले तापक्रम तीब्र रुपमा बढ्छ ।

रातभरी फोनलाई चार्जमा राखेर नछोड्नुहोस्ः

फोनलाई कहिले पनि रातभरी चार्जमा नराख्नुहोस् । यसो गर्दा फोन अत्यधिक चार्ज हुन्छ र ब्याट्रि बिग्रन्छ ।

कम्तीमा पनि फोनलाई ८० प्रतिशत चार्ज गर्नुहोस्ः

जतिबेला तपाईं फोनलाई चार्ज गर्नुहुन्छ फोनलाई कम्तीमा पनि ८० प्रतिशत चार्ज हुन दिनुहोस् । सधैं ब्याट्रि शत प्रतिशत नै चार्ज हुनुपर्छ भन्ने छैन ।

फोनलाई पटक पटक चार्ज गर्नबाट बच्नुहोस्ः

फोन चार्ज नगरिरहनुहोस् । फोन २० प्रतिशतबाट ओरालो लाग्न थालेपछि चार्ज गर्नुहोस् । पटक–पटक चार्ज गर्दा ब्याट्रिको लाइफ कम हुन्छ ।

पावर बैंकसँग जोडिएको बेला प्रयोग नगर्नुहोस्ः

फोन जब पावर बैंकसँग कनेक्ट हुन्छ तब फोन प्रयोग गर्नबाट बच्नुहोस् । यस्तो गर्दा फोनको आन्तरिक तापक्रम वृद्धि हुन्छ र ब्याट्रिको लाइफ कम हुन्छ ।

मुख्य समाचार