रामेछाप नगरपालिकाको वितिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । १८ घाइते भएका छन । दुर्घटनामा २ जनाको घटनास्थलमानै र १ जनाको अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो ।
रामेछाप नगरपालिकाको च्यास्कुबाट काठमाडौंतर्फ जाँदै गरेको हिमाल तराई यातायात समितिको यात्रुबाहक बस वितिटारको मोडबाट झण्डै ३० मिटर तल खसेको थियो । तिव्र गति भएका कारण बस दुर्घटना भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृतकहरुमा रामेछाप नगरपालिका ८ का दिपक श्रेष्ठ, रामेछाप नगरपालिका ६ की उमा खड्का र बालकुमारी वस्नेत रहेका छन ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनाको जानकारी पाउना साथ दुर्घटना स्थलमा पुगेको सुरक्षाकर्मी र स्थानीय बासिन्दाले यात्रुहरुको उद्धार गरेका थिए । दुर्घटनामा परी घाइते भएकाहरुको मन्थलीको तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार घाईते सवैको अवस्था सामान्य छ ।