कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सभामुख निर्वाचनको मिति तय गरी सकियो ३ नम्बर प्रदेश सभा बैठक

हेटौंडा — प्रदेश सभा सभामुखको निर्वाचन मिति तय गरी प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक सकिएको छ । आज दिउँसो १ बजे बसेको बैठकले माघ २७ गते सभामुख चयनको मिति तोकेको छ ।

पहिलो बैठकको अध्यक्षता प्रदेश सभाका ज्येष्ठ सदस्य डोरमणी पौडेलले गरेका थिए । ३ नम्बर प्रदेश सभामा एकसय १० सदस्य छन् ।

साथै, उक्त बैठकले प्रदेश सभा सञ्चालनको कार्यविधिसमेत पारित गरेको छ ।

कार्यविधिको बिषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच यसअघि नै सहमति बनेको थियो ।

संविधानमा व्यवस्था भएका ७ प्रदेशमध्ये ३ नम्बर प्रदेशमा मात्रै बैठक बसेको हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार