कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रचण्डले भेटे भारतीय विदेशमन्त्री

काठमाडौँ — नेपालको दुई दिने भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेट गरेका छन् । होटल सोल्टीमा स्वराजसँग दाहालले भेट गरेका हुन् ।

नेपालको दुई दिने भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग शुक्रबार बिहान होटल सोल्टीमा भेट गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर: इलिट जोशी/कान्तिपुर

बिहान ९ ४० मा भेटका लागि दाहाल एक्लै सोल्टी पुगेका दाहालले १० ३० सम्म भेट गरेका उनका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए । भेटपछि बाहिरिएका दाहालले स्वराजसँग कुनै गम्भीर विषयमा छलफल नभएको बताए । ‘चुनावपछिको परिस्थिति र नयाँ सरकार गठनका विषयमा कुराकानी भएको छ,’ उनले संवाददाताहरुसित भने, ‘उहाँको सदभाव भ्रमणकोरुपमा मैले बुझेको छु ।’

भेटमा स्वराजले बाम गठबन्धनले बहुमत ल्याएकोमा बधाई दिंदै आगामी दिन कसरी अघि बढ्छ भनेर जिज्ञासा राखेकी थिइन् । दाहालले आफूहरु छिमेकीसँग सम्बन्ध सुमधुर बनाउँदै नेपालको स्थायित्व र विकासको पक्षमा रहेको बताएको जानकारी दिए ।

बिहीबार काठमाडौं आएकी स्वराजले साँझ नै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेतालाई भेट गरेकी थिइन् ।

स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । उनी दिउँसो ३ बजे स्वदेश फर्कने कार्यक्रम छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |