काठमाडाैं, २६ माघ : सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादव शव फेला परेको छ । उनको शव ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सचिव यादवले नै चलाएको देखिएको छ ।
सिँचाइ सचिव रामानन्द प्रसाद यादवसहित चढेकाे गाडि कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको थियाे ।
सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा तीन जना जना बेपत्ता भएका थिए । पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो । जिप खसेको स्थान निकै गहिरो छ।प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाका अनुसार, नदीको पानी धमिलो भएको कारण उद्दारमा कठिनाइ भएको थियो ।
चालक निरन्जन यादव घाइते भएका थिए ।
उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो । दुर्घटनापछि पौडी खेल्दै गएका चालकलाई स्थानीयले उद्दर गरेका थिए।
कपिलवस्तुस्थित घरबाट राजधानी फर्कदैं गरेका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि थिए ।
अर्की एक जना किशोरीको नाम खुल्न सकेको छैन ।