कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता, कस्तो छ एकताको तयारी ?

काठमाडौं, १ फागुन : एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीचको बैठक सकिएको छ । पार्टी एकता र शक्ति बाँडफाँडमा सहमति जुटाउन बैठक बसेको थियो ।

ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा दुई नेताबीच वार्ता भएको हो । अधिकारीको घरमा साँझ ५ : १० मा प्रवेश गरेका ओली र प्रचण्ड ५ बजेर ५० मिनेट जाँदा बाहिरिए । ओली र प्रचण्डविच सोमबार पनि यही घरमा पार्टी एकताको बिषयमा बैठक भएको थियो । सोमबार भएको बैठकमा तत्काल पार्टी एकता गरेर जाने प्रारम्भिक सहमति भएको थियो । मंगलबार पनि त्यही बैठकको निरन्तरता स्वारुप बैठक भएको हो ।

यस्तो तयारी :

स्रोतका अनुसार सोमबार प्रचण्डबीच एकीकृत पार्टीमा दुवै अध्यक्ष वा सहअध्यक्ष रहने र प्रधानमन्त्री पनि आलोपालो प्रणालीबाट चलाउने समझदारी भएको छ । यही बिषयमा दुई नेताबीच मंगलबार थप छलफल भएको हो । आज उनीहरूबीचको समझदारी बुधबार एकता संयोजन समितिको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

स्रोतका अनुसार दुई अध्यक्षविच ‘प्रारम्भिक सहमति’ जुटेको छ । दुई नेताहरुविच भएको सहमतिको बिषयमा छलफल गर्न बुधबार २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको स्रोतले जानकारी दियो ।

पार्टी एकता संयोजन समितिको बैठक बसेर एकता र शक्ति बाँडफाँडवारे टुंगो लगाउने बताएको छ । बुधबारको बैठकले वैचारिक र सांगठनिक कार्यदल निर्माण गरिने बताइएको छ । पार्टी एकता संयोजन समितिमा अध्यक्षद्वय ओली र प्रचण्डसहित एमालेका बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन् ।

प्रारिम्भक सहमति
नेतृत्व : एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैजना एकीकृत पार्टीमा अध्यक्ष वा सहअध्यक्ष रहने

सरकार : आलोपालो प्रणालीअनुसार पहिले केपी ओली नेतृत्वमा र दोस्रो चरणमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार बन्ने

संगठन : स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी छरितो बनाउने, निर्वाचन आयोगको कानुनअनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने

नीति : जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादमध्ये मिल्ने विषय अहिले नै र बाँकी विषय महाधिवेशनबाट टुंग्याउने

वालकोट स्रोत भन्छ, ‘अब एकता हुन्छ’

वालकोट स्रोतका अनुसार एमाले र माओवादीविच पार्टी एकता हुने लगभग निश्चित भएको छ । स्रोतले भन्यो, ‘वैचारिक र सांगठनिक बिषयमा केही मिलाउन बाँकी छ, तर पार्टी एक हुने निश्चित जस्तै छ ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |