काठमाडौँ — फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । युवकयुवतीले राजधानी काठमाडौंको ठाउँठाउँमा समूह बनाएर फागुको मजा लिइरहेका छन् । बिहीबार बिहानैदेखि पर्यटकीय गन्तव्य बसन्तपुरमा पनि स्वतस्फूर्त रुपमा होली मनाइँदै छ । विशेष गरेर बसन्तपुरमा विदेशी पर्यटकहरु होलीको रंगमा रमाइरहेका देखिएको छ ।