यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास

काठमाडौं,२९ फागुन । विश्वको धेरै हवाई दुर्घटना हुने मुलुकहरुमा नेपाल पनि पर्छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा एयर ट्राफिक पनि धेरै छ । डाँडाकाँडाले घेरेको राजधानी काठमाडौंमा अवतरण गर्ने क्रममा त कहिले पहाडी डाँडामा ठोकिएर विमान दुर्घटना हुने गरेको छ ।

सोमबार काठमाडौंमा आवतरण गर्ने क्रममा यूएस–बंगलादेश विमान दुर्घटना हुदा ४९ जनाले ज्यान गुमाए। २२ जना घाइते भए। केहीले विमानको झ्याल फोडी हामफालेर आफ्नो ज्यान जोगाए। त्रासद दुर्घटना मानिने यस्ता एयर क्र्यासहरुमा चालक दल र यात्रुहरु दुवैको ज्यान जाने गरेको छ।

यसअघि विमानस्थलभित्रै २० फागुन २०७१ मा टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा कसैले पनि ज्यान गुमाउनुपरेको थिए । विमानस्थल आसपासमा चरा ठोक्किएर या अन्य कारणले फोर्स ल्यान्डिङ हुने गरे पनि इतिहासमै पहिलोपटक विमानस्थलभित्र धेरै मानिसले ज्यान गुमाएका हुन् । हवाई विज्ञ वीरेन्द्रबहादुर सिंहका अनुसार सन् १९९० यता विमानस्थलभित्र नेपाल एयरलाइन्सको एक ट्विनअटर जहाज दुर्घटना हुँदा पाइलटले ज्यान गुमाउनुबाहेक यात्रुले पहिलोपटक ज्यान गुमाउनुपरेको हो ।

अन्तर्राष्ट्रिय हवाई दुर्घटना

कालिंगा एयर : २५ फागुन ०११ मा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हवाई दुर्घटना भएको थियो । कालिंगा एयरलाइन्सको डिसी–३ विमान बाराको सिमरामा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो । दुर्घटनामा परेकामध्ये एकजनाको भने जीवितै उद्धार गरिएको थियो ।

इन्डियन एयरलाइन्स : २ जेठ ०१३ मा इन्डियन एयरलाइन्सको डिसी–३ विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेकामध्ये १९ जनाको भने जीवितै उद्धार गरिएको थियो ।

इन्डियन एयरलाइन्स : इन्डियन एयरलाइन्सको डिसी–३ दुर्घटना भएको दुई वर्षपछि नेपालमा फेरि अर्को विमान दुर्घटनामा पर्‍यो । ११ चैत ०१४ मा इन्डियन एयरलाइन्सकै डिसी–३ मोडलको विमान दुर्घटना हुँदा २० जनाको ज्यान गयो । पट्नेभञ्ज्याङमा भएको दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो ।

थाई एयरलाइन्स : १६ साउन २०४९ मा नुवाकोटको घ्याङ्गफेदीमा थाई एयरलाइन्सको एयरबस–३१० दुर्घटना हुँदा एक सय १३ जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा परी विमानमा सवार सबैको ज्यान गएको थियो ।

पाकिस्तान एयरलाइन्स : नेपालमा थाई एयरलाइन्सको जहाज दुर्घटनामा परेकै वर्ष अर्को ठूलो दुर्घटना भएको थियो । १२ असोज ०४९ मा पाकिस्तान एयरलाइन्सको एयरबस–३१० विमान दुर्घटना हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो । भट्टेडाँडामा भएको उक्त दुर्घटना नेपालमा हालसम्म भएकामध्ये सबैभन्दा ठूलो हवाई दुर्घटना हो ।

लुप्थान्सा एयरलाइन्स : काठमाडौंकै भस्मेसुर डाँडामा भएको लुप्थान्सा एयरलाइन्सको बी–७२७ (२००) विमान दुर्घटनामा हुँदा पाँचजनाको ज्यान गएको थियो । २३ असार ०५६ मा भएको दुर्घटनामा परी विमानमा सवार सबैको ज्यान गएको थियो ।

टर्किस एयरलाइन्स : नेपालमा २० फागुन ०७१ मा टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको टर्किसको एयरबस ३३०–३०० विमान दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।

घरेलु विमानमा दुर्घट्नाहरु
२७ जुलाई सन् २००० मा रोयल नेपाल एयरलाइन्सको डिएचसी–६ ट्विनअटर विमान दुर्घटना भयो। बझाङबाट डडेलधुरा जानेक्रममा दुर्घटना हुँदा चालक दलका तीन सदस्य सहित २५ जनाले ज्यान गुमाए।

२२ अगस्ट २००२ मा संग्रिला एयरको डीएचसी–६ ट्विनअटर विमान पोखरामा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १८ जनाको ज्यानको गयो। उक्त दुर्घटनामा १३ जना जर्मनी, १ अमेरिकी र ब्रिटिश नागरिकको ज्यान गएको थियो।

काठमाडौँबाट लुक्ला जाने क्रममा यति एयरलायन्सको डिएचसी६–३०९डी ट्विनअटर विमान २५ मे २००४मा दुर्घटना भयो। लाम्जुरा पहाडमा खराब मौसमका कारण विमान ठोक्किदा चालक दलका तीन सदस्यको मृत्यु भयो।

सीता एयरवेजको डोर्नियर–२२८ विमान लुक्ला विमानस्थलमा आवतरणका क्रममा १ अक्टोबर २००४ मा दुर्घटनाग्रस्त बन्यो।
लुक्ला विमानस्थलको धावनमार्गमा गोरखा एयरलाईन्सको डोर्नियर–२२० विमान ३० जुन २००५ मा धस्सिएर दुर्घटना भयो। दुर्घटना कसैको ज्यान नगएपनि चालक दलका तीन र त्यसमा सवार नौ जना यात्रु घाइते बने।

२१ जुन २००६ मा यति एयरलाइन्सको डिएच–६ ट्विनअटर जुम्ला एयरपोर्टमा आवतरण क्रममा दुर्घटना भयो। दुर्घटनामा चालक दलका तीन सदस्य सहित ९ जनाले ज्यान गुमाएका थिए। अवतरण कै क्रममा यति एयरलाइन्सको विमान सन् २००८ अक्टोबर ८ तारिखका दिन भयो। दुर्घटनामा १८ जनाले ज्यान गुमाए।

सन् २०१० मा तीन ठूला दुर्घटना भए। १९ अप्रिलमा नेपाल एयरलाइन्सको विमान डिएचसी–६ ट्विनअटर–३०० विमान उडान भर्ने क्रममा दुर्घटनामा पर्‍यो। अगष्ट २४ मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा विमानमा सवार १४ जनाको ज्यान गयो। दुर्घटनामा ६ जना विदेशी नागरिकको मृत्यु भएको थियो। डिसेम्बर १५ तारिखका दिन लामिडाडाँबाट काठमाडौं आउँदै गरेको तारा एयरको डीएचसी–६ ट्विनअटर विमान ओखलढुंगाको मानेडाडाँमा ठोक्किदा चालक दलका ३ सदस्य सहित २२ जनाले ज्यान गुमाए।

२५ सेप्टेम्बर २०११मा ललितपुरको विशंखु नारायणमा बुद्ध एयरको विमान दुर्घटना हुदा १९ जना ज्यान गयो।

२०१२ को मे १४ मा अग्नी एयरको डोर्नियर–२२८ विमान पोखराबाट जोमसोन जानेक्रममा विमानस्थल नजिकैको डाँडामा ठोक्किएर दुर्घटनामा हुँदा चालक दलका दुई सदस्य सहित १५ जनाको ज्यान गएको थियो। दुर्घटनामा चालक दलका एक सदस्य सहित ५ जनाको ज्यान बचेको थियो। सोही वर्षको सेप्टेम्बर २८ मा सिता एयरको नाइन एन–एएचए डोर्नियर विमान भक्तपुरको मनोहरा किनारमा खस्दा विमानमा रहेका सबै १९ जनाको मृत्यु भयो।

१६ मे २०१३ मा नेपाल बायुसेवा निगमको ९ एन– एबीओ विमान जोमसोम विमानस्थलमा दुर्घटना हुँदा ७ जनो सिकिस्त भए, १५ सामान्य घाइते।

१६ फ्रबूअरी २०१४ मा काठमाडौँबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको ९ एन एबीबी ट्विनअटर विमान अर्घाखाँचीको खिदिममा दुर्घटना भयो। चालक दलका ३ सदस्य, १ बालकसहित १५ यात्रु गरी १८ जनाको ज्यान गएको थियो।
भुकम्प पीडितहरुका लागि सामग्री लिएर गएको अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोकमा १२ मे २०१५ मा दुर्घटना भयो। ११ जनाले ज्यान गुमाए।

२४ फ्रेबूअरी २०१६ मा तारा एयरको फ्लाइट–१९३ दुर्घटना हुँदा चालक दलका ३ सदस्य, दुई बालकसहित २३ जनाको मृत्यु भयो। सोही वर्षको अगस्टमा सुत्केरी सहित शिशु बोकेको फिसटेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा पाइलट सहित ७ जनाको ज्यान गयो।

२४ सेप्टेम्बर २०१६मा यति एयरलाइन्सको फ्लाइट–८९३ गौतम बुद्ध एयरर्पोटको रनवेमा सामान्य दुर्घटना भयो। प्लेनमा सवार २९ यात्रु सहित चालक दलका तीन सदस्य सकुशल रहे।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार