कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एक्सनमा उत्रिए मन्त्री विष्ट, रोके दरबन्दी विनाका कर्मचारीको हाजिरी

काठमाडौं, ८ चैत : श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट सरकारमा आएको एक साता नबित्दै एक्सनमा उत्रिएका छन् । उनले दरबन्दीमा रहेका बाहेकका कुनै पनि कर्मचारीलाई वैदेशिक रोजगार विभागमा हाजिर नगराउन वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलाई निर्देशन दिएका छन् ।

वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करीब डेढ दर्जन कर्मचारी छन् । स्थानीय तहमा खटाइएका ती कर्मचारी पहुँचका आधारमा त्यहाँ बसिरहेका थिए । विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीभन्दा बढी कर्मचारी बसेको पाएपछि मन्त्री विष्टले दरबन्दी विना नै विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएका हुन् । गत असोजमा सामान्य प्रशासनले मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएपछि विभिन्न निकायबाट कर्मचारीको काज सरुवा गरेको थियो । त्यसक्रममा यहाँका कर्मचारीको पनि सरूवा भएको थियो । तर, ती कर्मचारी कतै नगई अटेर गर्दै आएका छन् ।

श्रम विभाग आर्थिक चलखेल र भ्रष्टाचारमा एक नम्बरमा आउने कार्यालय मानिन्छ । वैदेशिक रोजगारमा जाने कामदारहरुको श्रम स्वीकृति दिने यस कार्यालयमा लाखौंको घुस लेनदेन हुने गर्छ । श्रम स्वीकृतिदेखि एयरपोर्ट सेटिङसम्म यहाँका कर्मचारीको सन्जाल रहेको छ । त्यसैले यो कार्यालयमा आफू अनुकुलका कर्मचारी राख्न मन्त्रालयका उच्च अधिकारीहरुको रुची हुने गर्छ ।

यी हुने खटाएको ठाउँमा नजाने कर्मचारी

१. लोकेन्द्रबहादुर रावल– नायब सुब्बा
२. कुमारबहादुर कटवाल– नायब सुब्बा
३. रवीन्द्र घिमिरे– नायब सुब्बा
४. राजन घिमिरे– नायब सुब्बा
५. गौरीकुमारी कार्की– नायब सुब्बा
६. लक्ष्मण गुरागाईं– नायब सुब्बा
७. केदार घिमिरे–नायब सुब्बा
८. यज्ञप्रसाद आचार्य–नायब सुब्बा
९. यज्ञबहादुर ओली–नायब सुब्बा
१०. विद्याप्रसाद जैसी–नायब सुब्बा
११. सुमन पौडेल–नायब सुब्बा
१२. सधुकर डाँगी–नायब सुब्बा
१३. डम्बरबहादुर विश्वकर्मा– कम्प्युटर अधिकृत
१४. भवानी थपलिया–कम्प्युटर अधिकृत
१५. रञ्जु दाहाल–कार्यालय सहयोगी
१६. तुलसीमान मर्हजन–कार्यालय सहयोगी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार