प्रधानमन्त्री ओली : उडाउने’हरुलाई रेलमा गुडाउँछु

काठमाडौं, ११ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा रेल चलाउँछु भन्दा ‘उडाउने’ हरुलाई रेलमा गुडाउने दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले अबको २ बर्षभित्र रेल सञ्चालन गर्ने र नेपालको झण्डा राखेर पानीजहाज चलाउने दावी गरेका छन् । विगतमा प्रधानमन्त्री हुँदा उद्घोष गरेका उक्त योजनालाई अबको २ बर्षभित्र पूरा गरेर देखाउने समेत उनले दाबी गरे । ‘यो सरकारले अबको २ बर्षभित्र नेपालमा रेल गुडाउने संकल्प गरेको छ,’ उनले भने, ‘अबको एक बर्षमा वा २०७६ सालभित्र नेपालको झण्डाबाहक पानीजहाज चालएर सामान आयात गरिने छ ।’

उनले भने, ‘दुई बर्ष अगाडि नेपालमा रेल गुडाउन सकिन्छ भन्दा मान्छेले मेरो खिल्ली उडाएका थिए अबको २ बर्षपछि ती खिल्ली उडाउने त्यहि रेलमा गुड्न वाध्य हुनेछन् ।’ उनले अर्काे बर्ष नेपालको पानी जहाजले कसरी झण्डा बोकेर हिड्छ, कसरी सामान बोकेर हिड्छ ? त्यो नेपालीले देख्न पाउने समेत उनको दाबी थियो । नब गठित सरकार व्यक्ति र पार्टी बनाउनभन्दा पनि देश बनाउन बनेको दाबी गर्दै सोही अनुरुप देश बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी उनले अब योजना धरौटी राखेर तथा सम्भावना हेरेर युवाहरुलाइ ऋण दिने व्यवस्था पनि लागू हुने बताए ।

यसका साथै उनले कृषिमा आधुनिकीकरण, व्यबसायीकरण गरी आत्मनिर्भर बन्नेतर्फ सरकार केन्द्रित हुने प्रतिबद्धता समेत जाहेर गरेका छन । ‘मेरो अभियानहरु मेरा निम्ति होइन,’ उनले भने, ‘यो देश र जनताका लागि ल्याएको अभियान हो यसलाई कार्यान्वयमा लैजान दृढताका साथ अघि बढ्ने छु ।’ यसैगरी, उनले गएका कार्यक्रमहरुमा बोल्दै आएको नेपालमा कोहि पनि भोकमरीले मर्नु नपर्नेे कुरा पुन दोहो¥याउँदै अब नागरिकको जिम्मेवारी राज्यले लिने प्रतिवद्धता व्यक्त गरे । अबका दिनमा जाडोले कठ्याङ्ग्र्रिएर मरेको समाचार पनि पढ्न नपाइने उनको उद्घोष थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार