कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए

७ बैशाख, बिराटनगर । मोरङमा ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ५० वर्षीय वृद्ध जीतबहादुर मगर पक्राउ परेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय, बेलबारीको टोलीले झापाको गौरीगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।

यसअघि उनले जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नं–७ की ८ वर्षीया बालिकालाई बलात्कार ग रेर फरार भएका थिए । र, जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने प्रयास भएको थियो ।

बिस्कुट दिने वहानामा घरमा बोलाएर मगरले बालिकामाथि बलात्कार गरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ । पीडित बालिकाकी ११ वर्षीया दिदीले त्यो सबै देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी उल्लेख गरिएको छ ।

लगत्तै, उनलाई बेलबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचारपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार गर्न लगिएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार