सिन्डिकेट तोड्न निजी गाडीले दिँदै छन् ‘लिफ्ट’ !

काठमाडौँ — सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । सिन्डिकेट पक्षधर यातायात समितिका बसहरु आज उपत्यकाका सडक गुडेका छैनन् । सिमित मात्रमा मात्रै सार्वजनिक गाडी गुडेकाले यात्रुहरुले दु:ख पाइरहेका छन्।

प्रकाशित : वैशाख २१, २०७५ ०९:३०

बिहान अफिस तथा कलेज जान निस्केका यात्रुहरु अलपत्र परेका छन् । मयुर, साझा, अन्नपूर्ण लगायतका केही कम्पनीका बस गुडेकाले पनि यात्रुले केही राहत महसुस गरेका छन् । सरकारले जसरी पनि सिन्डिकेट तोड्ने अडान लिए पनि गाडी बन्द हुँदा सरकार मुकदर्शक मात्र भएर बसेको देखिन्छ । बरु केही निजी गाडीहरुले यात्रुलाई ‘लिफ्ट’ दिएको दृश्य देख्दा सिन्डिकेट वालाहरुलाई घुडा टेकाउने पक्षमा आम-सर्वसाधारण रहेको प्रष्ट देखिन्छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार