पाण्डेको कालिका कन्स्ट्रक्सनको कार्यालयमा बम विस्फोट

नेपालगन्ज–कालिका कन्स्ट्रक्सन प्रालिको क्षेत्रीय कार्यालयमा बम विष्फोट भएको छ  ।
गएराती बाँकेको शम्शेरगन्जमा रहेको कन्स्ट्रक्सन कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएका हुन् ।  कालिका कन्ट्रक्सन राप्रपा नेता विक्रम पाण्डेको लगानीको  निर्माण कम्पनी हो । उक्त कम्पनीको सिन्धुली कार्यालयमा पनि केहि पहिले अज्ञात समूहले नै विस्फोट गराएको थियो ।

गएराती गराइएको विस्फोटबाट कार्यालयमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
बम विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गराएको हुन सक्ने आशंका गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार