ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीलाई खुवाए सपथ

काठमाडौं, ३ जेठ । ऐतिहासक वाम एकतापछि जन्मिएको नेपाल कम्युनिष्ट पार्टी घोषणा गर्दै केपी शर्मा ओलीले प्रचण्डलाई र प्रचण्डले केपी ओलीलाई सपथ खुवाएका छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका सबै सदस्यले संयुक्त रुपमा सपथ लिएका छन् । केहीबेर अघि बालुवाटारमा आयोजित केन्द्रीय समिति बैठकमा नेकपाको नयाँ नेतृत्वले संयुक्त रुपमा सपथ लिएको हो । त्यस लगत्तै ओली र प्रचण्डले संयुक्त रुपमा सिङ्गो केन्द्रीय समितिलाई सपथ खुवाएका थिए । सपथ लिए लगत्तै अहिले केहीबेरमा राष्ट्रिय सभागृहबाट पार्टी एकीकरणको घोषणा गरिदैछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार