कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मलेसिया जाने कामदार ठगी गर्नेहरु प्रहरीको निगरानीमा, श्रेष्ठ र थपलिया पक्राउ

काठमाडौं, ६ जेठ । बैदेशिक रोजगारीका क्षेत्रमा बायोमेट्रिक प्रणाली खारेज गरेपछि पनि कामदारको स्वास्थ्य परीक्षण गर्न नछोडेपछि सरकारले आइतबार त्यस्ता स्वास्थ्य ब्यवसायीलाई पक्राउ गर्न थालेको छ । वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने ३९ स्वास्थ्य व्यवसायीले ४ बर्षअघि २६सयमा हुँदैआएको स्वास्थ्य परीक्षणबापतको शुल्क १८ हजार ४ सय रुपैयाँ लिंदैआएका छन् । ।

भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका राम श्रेष्ठ र जीएसजीका संचालक गोविन्द थपलिया पक्राउ परेका छन् । प्रहरीले बायामेट्रिकका नाममा ठगी गर्दैआएका ३९ स्वास्थ्य संस्थाका संचालकहरुलाई पनि खोजी गरिरहेको छ । बायोमेट्रिकका नाममा ठगी गर्ने ३९ संस्थाको सिन्डीकेटका अध्यक्ष कैलाश खड्कालाई पनि प्रहरीले ब्यापक खोजी गरिरहेको छ ।
भीएलएनको कार्यालयमा छापा हानेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । उनको कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ ।
मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ असुल्ने काम श्रेष्ठले गर्दैआएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार