कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, घटनास्थल जाँदै प्रहरी

४ जेठ, डोटी । बोगटान गाउँपालिका-६ गगुडा पलाडीमा जीप दुर्घटना भएको छ ।

दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से१ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको स्थानीय केशवबहादुर बोगटीले जानकारी दिएका छन् । १० जना घाइते भएका छन् । दुर्घटना स्थलमा प्रहरी आइपुगेको छैन ।

 

जिल्ला प्रहरी कार्यालय डोटीले पनि कार्यालयमा ४ जनाको मृत्यु भएको जानकारी अाएको बताएको छ । तर, घटनास्थलमा पुग्न ४ घण्टा लाग्ने भएकोले अाधिकारिक जानकारी भने नभएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय जीत चन्दका अनुसार मृत्यु हुनेमा चालक रामबहादुर बिक, साहु भगत द्धारिया र इन्नरी रावल रहेका छन् । एक जना मृतक महिलाको भने सनाखत भएको छैन् ।

घाइतेहरूको स्थानीयवासीले उद्दार गरी अस्पताल पठाइसकेको बताएका छन्र ।

दुर्घटना भएलगत्तै प्रहरीको टोली घटना स्थलतर्फ हिँडेको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार