कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

तीन जना विद्यार्थीले बनाए एउटै पङ्खाबाट उड्ने नमुना हवाइजहाज

काठमाडौं– काठमाडौको टोखास्थित भुतखेलमा रहेको मनोहर उच्च माविका तीन जना विद्यार्थीले एउटै पङ्खाबाट उड्ने नमुना हवाइजहाज निर्माण गरेका छन् ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु सञ्जिव विक,सुर्वण घिमिरे र सविन लामाले बनाएको उक्त नमुना हवाइजहाजको बिहीबार विद्यालयमा डेमो उडान गरेका छन् ।

५ सय फिट हाइटसम्म उड्ने उक्त नमुना हवाइजहाजको एउटामात्रै पखेटा रहेको छ । साढे २ फिट लम्बाई रहको सो नमुना हवाईजहाज रिमोटबाट सहजै कन्ट्रोल गर्न सकिन्छ । ‘न्युटनको थर्ड ल’ अनुसार थर्माकोल लगायतका सामाग्री जोडेर सो हवाइजहाज बनाएको विद्यार्थीहरुको भनाई छ ।

जम्मा २५ हजार लगानीमा निर्माण गरेको उक्त हवाइजहाज हालै पाठ्यक्रम बिकास केन्द्रले गरेको राष्ट्रव्यापी विज्ञान प्रदर्शनीमा समेत प्रदर्शन गरिएको विद्यार्थी विकले बताए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent