शनिबार कालिले तताउनेछन् अमेरीकाको डालस टेक्सस

भ्यालेन्टाइन डे को ह्याङओभर उत्रिन नपाउदै अमेरीकाको डालसमा १६ फेबु्रअरी शनिबार ‘भ्यालेन्टाइन स्पेशल कालि प्रसाद बास्कोटा’ नामक भव्य सांगीतिक कार्यक्रम आयोजना हुदैछ । उक्त कार्यक्रममा कालिप्रसाद बास्कोटाले आफ्ना सुपरहिट गीत प्रस्तुत गर्नेछन् भने मेरी बास्सैमा बैतडि बाजे भइ चर्चा कमाएका राजेश नाथ को पनि प्रस्तुति रहने छ । साथमा न्यूयोर्कमा लोकप्रिय डिजे सुर्यले दर्शकलाइ नचाउने छन् । रंगमन्चमा आफ्नो बेग्लै छबि बनाएका तथा एक दर्जन भन्दा बढि सिनेमाका नायक सुबास थापाले समेत आफ्नो प्रस्तुति दिने आयोेजक टिमले बताएको छ । साथमा स्थानिय कलाकारको पनि बेजोड प्रस्तुति ले दर्शकलाइ झुमाउने आयोजक बब इन्टरटेन्मेन्टका अध्यक्ष भक्त भण्डारीले जानकारी दिए ।

सुबि इन्टरटेन्मेन्टको प्रस्तुति , डिएण्डडि मुभिजको सहकार्यमा बव इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको उक्त कन्सर्टमा ५०० भन्दा बढि दर्शक आउने अनुमान गरिएको छ । कार्यक्रम Fenjani Hookah Lounge 2238W Walnut Hill Ln, Irving Tx 75038 मा हुदैछ भने सुर्य थापाले सन्चालन गर्ने उक्त कार्यक्रम सांझ ६ बजे बाट सुरु हुदैछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार